पैँचोको १० वर्ष, खेर जाने पहाडका तरकारी आम्दानीको स्रोत « Eglish Khabarhub

पैँचोको १० वर्ष, खेर जाने पहाडका तरकारी आम्दानीको स्रोत


१६ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

गुल्मी। गुल्मीको बलेटक्सारमा प्रधानकार्यालय रहेको पैँचो पसल प्रालीले १० औं वार्षिकोत्सको अवसरमा आफ्ना किसानलाई सम्मान गरेको छ ।

पैँचो पसल प्रालीको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथ्यतामा सम्मान गरेको हो ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय विशिष्ठ अतिथि रहेको सो कार्यक्रममा आफुहरुलाई कृषि पेशामा कटिबद्ध बन्न योगदान गरेको भन्दै स्थानीय कृषक समुहले पैचो पसललाई नै सम्मान समेत गरेका छन् ।

१० वर्षदेखि जिल्लामा किसानको कृषि उपच खरिद गर्दै देशभर पैचो ब्राण्डबाट प्रशोधित उत्पादन गर्दै बिक्रि वितरण गदै आएको छ ।

किसानसँग प्रत्यक्ष जोडिएर काम गरेको पैचो पसलले ग्रामीण अर्थतन्त्रलाई उस्कानको लागि किसानका कृषि उपज खरिद गदै बजारमा पु¥याउने र प्राशोधित उत्पादन बनाउने काम गर्दै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले पैचोले किसानलाई आत्मनिर्भर बनाउन लागि ठुलो सहयोग गरेको बताए । उनले भने ‘पैचो किसाको सारथी भएको छ । पैचोले निरन्तर किसानसँग मिलेर काम गर्दा रुरुक्षेत्र गाँउपालिका लगायत वरपरमा स्थानमा समेत कृषि कर्ममा लाग्नेको संख्या बढेको छ यसले गाउँको अर्थतन्त्रमा सहयोग पुराएको छ । ’

उनले भने, ‘अब गाँउमा मोवाइल चलाएर बस्ने होइन माटोमा काम गर्ने हो भने घरमै बसेर राम्रो आन्दानी गर्न सकिन्छ भनेर पैचोले सम्भावना देखाएको छ ।’ पालिकाले समेत अबका दिनका कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने र कृषकसँग जोडिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, छत्रकोट गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषिमा आत्मनिर्भर हुँदै समाजवादको बाटोमा अगाडि लाग्नु पर्नेमा जोड दिए । निजी क्षेत्रबाट पैचोले गाँउका लागि देखाएको कामले छत्रकोटका किसानलाई धेरै फाइदा भएको उनले बताए । पाण्डेयले भने, ‘पालिकाले ३१ वस्तुमा अनुदान दिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिले कृषकमा उत्साह थपिएको छ । सबैले सकरात्मक धारणा बनाएर काम गर्ने हो भने गाँउबाट कृषि उपज शहरमा पु(याउन सकिने सम्भावना बढेको छ ।’

यस्तै, पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले गुल्मीमा १० वर्ष अघि स्थापना भएको कम्पनी देशको कृषि क्षेत्रमा काम गर्ने अब्बल कम्पनी भएको बताए । किसान र बजारसँग जोडिएको १० वर्षमा नेपालको पहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएको पैचोले देखाएको बताए । अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र लाग्ने कृषकहरुलाई सस्तो ऋण, अनुदानमा मल बीउ र उत्पादनको आधारमा अनुदान दिने नीति बनाउने हो नेपालको अर्थतन्त्र नै आत्मनिर्भर बन्न समय नलाग्ने उनले बताए।

पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले पैचोले पहाडमा कृषि क्षेत्रमा सम्भावनाको ढोका देखाएको बताए । उनले सानो लगानीमा स्थापना गरेको पैचो अहिले १५ करोड भन्दा बढि लगानी हुँदा गाँउका ५ सय जना किसानलाई रोजगारी दिन सक्नु कृषिमा सम्भावना र अवसरको क्षेत्र भएको बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तार गरेर अगाडि बढ्ने बताए ।

उद्योग वाणिज्य संघको वलेटक्सार शाखा अध्यक्ष तोयनारायण ज्ञवालीले पैचो जस्तो कृषिमा आधारिक कम्पनीले गाउँमा उद्योग खोलेर रोजगारी प्रदान गरेको भन्दै प्रसंशा गरे । उनले राज्यले गर्न नसकेको काम पैचोले गरेको बताए ।

कार्यक्रममा स्थानीय किसानहरुले पैचो कम्पनीले खेर गइरहेको तरकारीलाई आम्दानीको स्रोत बनाउन बाटो देखाएको बताएका थिए । आम्दानी गर्न गाँउ छोड्नुपर्ने बाध्यता पैचोले मोडलका कारण हट्दै गएको उनीहरुले बताएका थिए ।

कार्यक्रममा दशौं वार्षिकोत्सवको अवसरमा प्रकाशित पैचोको स्मारिका ‘पैचो प्रवाह’ विमोचन गरिएको थियो भने उत्कृष्ठ किसानलाई समेत सम्मान गरिएको थियो । सर्वोत्कृष्ट कृषकमा इमानसिंह राणा, उत्कृष्ठ संकलन शालिकराम ज्ञवाली, उत्कृष्ठ कृषक रामबहादुर नेपाली, भुवन खनाल, कमला घिमिरे, मिना शिरिष, पुनाराम ढकाल लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार ००:००  ४ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping