काठमाडौं । बैंकिङ् विज्ञ बीएन घर्ती सामना बैंकिङ् पुरस्कारबाट पुरस्कृत भएका छन् । गुठीले ७५ हजार रुपैयाँ नगदसहित घर्तीलाई सामना बैंकिङ् पुरस्कार प्रदान गरेको छ ।
उनले लेखेको किताब ‘बैंकिङ अनुशासन दिगो विकासका लागि’ लाई पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रदान गरेका हुन् ।
प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि शिफारिस गरेको थियो ।
नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका घर्ती किष्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत समेत भएर काम गरेका थिए ।
किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका संचालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् ।
उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् । सर्वसाधरणले पनि बुझ्न सकिने सरल भाषा प्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बिषयलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरुका केलाउदै आगामी दिनमा तय गर्नुपर्ने बिषयलाई व्यवहारिक सुझाब दिइएको, बैंकहरुले अत्याधिक कमाएका छन् भन्ने भ्रमलाई तथ्यांकहरु उल्लेख गर्दै चिर्न खोजिएको छ ।
संचालन जोखिमलाई विशेष प्राथमिकताका साथ उठान गरिएको, सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुपालनाका लागि गर्नुपर्ने कार्यलाई विशेगारुपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदान गर्न शिफारिस गरिएको मूल्यांकन समितिका सदस्य कृष्ण प्रधानले बताए ।
घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएका बिषय अत्यन्तै सान्दर्भिक रहेको र बिषय बस्तुलाई अत्यन्तै मिहिन तरिकाले केलाइएकाले आफुहरुले पुरस्कारका लागि शिफारिस गरेको मूल्यांकन समितिका अर्का सदस्य कृष्ण प्रधानले बताए ।
प्रतिक्रिया