![](https://internal.appharu.com/wp-content/uploads/2024/08/nmb-bank-office-768x403.png)
काठमाडौं । एनएमबि बैंकको ठूला सेयरधनीमा विदेशीसहित १६ व्यक्ति तथा कम्पनी रहेका छन् ।
बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको १३.६९ प्रतिशत अर्थात २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत अर्थात १ करोड १ लाख ५० हजार ७२९ कित्ता, यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात ७७ लाख ४२ हजार २७० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत अर्थात ३३ लाख ५१ हजार ६०२ कित्ता, नन्द किशोर राठीको ३० लाख ९३ हजार ३२० कित्ता अर्थात १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको २८ लाख ६ हजार १६१ कित्ता अर्थात १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात १९ लाख १ हजार ९८७ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकमा सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात १७ लाख ५० हजार ३१६ कित्ता, पवन कुमार गोल्याणको ०.९२ प्रतिशत अर्थात १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात १६ लाख ७४ हजार १०१ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै बैंकको ठूला सेयरधनीका रुपमा रहेका सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाइको ०.७१ प्रतिशत अर्थात १२ लाख ९५ हजार ४९२ कित्ता, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात १० लाख ५८ हजार ६९७ कित्ता, दिनबन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ ।
SHARE YOUR THOUGHTS