
काठमाडौं । सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३४ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा केही व्यक्तिले आफ्नो स्वामित्व घटाएका छन् भने केहीले पुरानै सेयर कायम राखेका छन् ।
बैंकमा प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.३२ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडिया २.४८ प्रतिशत, सविता केडिया १.९२ प्रतिशत, चिरंजीलाल अग्रवाल १.८१ प्रतिशत, पवन कुमार अग्रवाल १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
नरपत सिंह जैनको १.४५ प्रतिशत, दिनानाथ केडिया १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्ट प्रा.लि. १.३७ प्रतिशत, तुषार तोदी १.२८ प्रतिशत, सुरेश कुमार रुङ्गटा १.२१ प्रतिशत, पूनम चन्द अग्रवाल ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, भरत कुमार तोदी ०.८७ प्रतिशत, राज कुमार टिब्रेवाला ०.८१ प्रतिशत सेयर स्वामित्व छ ।
राजेन्द्र कुमार अग्रवाल ०.७६ प्रतिशत, श्याम सुन्दर अग्रवाल ०.७५ प्रतिशत, सुरेश कुमार केडिया ०.७२ प्रतिशत, केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत, शशि कला अग्रवाल ०.६३ प्रतिशत, मनिष जैन ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवाल ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइ ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठ ०.५९ प्रतिशत, सरोज शर्मा ०.५४ प्रतिशत, इन्दिरा राजभण्डारी ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
विरेन्द्र कुमार शाहले आफ्नो स्वामित्वमा रहेको सेयर बढाएका छन् । अघिल्लो आवमा उनको नाममा ०.९९ प्रतिशत सेयर रहेकोमा गत आवमा बढाएर १.५४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा १.४९ प्रतिशत सेयर रहेको अशोक कुमार बाहेटीले अहिले घटाएर १.४८ प्रतिशत छ । गत आवको असार मसान्तसम्म राजेश कुमार केडिया ०.७८ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.८८ प्रतिशत रहेको थियो ।
यस्तै मदन लाल केडियाले पनि आफ्नो स्वामित्व घटाएका छन् ।
अघिल्लो आवको असार मसान्तसम्म बैंकमा उनको १.०८ प्रतिशत स्वामित्व रहेकोमा गत आवको सोही अवधिमा ०.७६ प्रतिशत रहेको छ । केशरी चन्द कुचेरिया ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.६६ प्रतिशत रहेको थियो । विनय कुमार शाह माडवारी ०.५५ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ०.७७ प्रतिशत रहेको थियो ।
SHARE YOUR THOUGHTS