एलओडी २०२५ को लागि पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा « Eglish Khabarhub

एलओडी २०२५ को लागि पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा


२५ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो ।

म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ ।

एलओडीलाई भोट गर्न आग्रह गरिएको छ । क्युआर स्क्यानपछि एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । मत गर्न पुनः फेसबुक,  एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ ५० औँ स्थानमा परिसकेको छ ।

एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेशनमा परिसकेकाले क्लबिङ् व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए । व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ ।

क्लब नोमिनेशनमा परेसँगै भोटिङ अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए ।

विगतका दिनमा जस्तै विभिन्न माध्यमबाट भोटिङ अभियान चलाउने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  ५ : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping