कास्की अदालतले रवि लामिछानेलाई प्रथम दृष्टिमै कसुरदार मान्योः वरिष्ठ अधिवक्ता त्रिपाठी « Eglish Khabarhub

कास्की अदालतले रवि लामिछानेलाई प्रथम दृष्टिमै कसुरदार मान्योः वरिष्ठ अधिवक्ता त्रिपाठी


२६ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतले रवि लामिछानेलाई प्रारम्भिक रुपमै कसुरदार मानेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछाने निर्दोष होईनन् भन्ने कुरा अदालतको आदेशले पुष्टि गरेको बताएका हुन् ।

सहकारी ठगीमा लामिछानेको संलग्नताबारे कास्की जिल्ला अदालतले सबैभन्दा महत्वपूर्ण प्रमाण बाहिर ल्याएको उनको दाबी छ । लामिछानेको इनकारी बयानलाई अदालतले अस्वीकार गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले गोर्खा मिडिया स्थापना हुनुअघि र लामिछानेले पदबाट राजीनामा दिएपछि पनि चेक काटिएको प्रमाण अदालतले फेला पारेको दाबी गरे ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले राज्यले पीडितको न्यायको विषयलाई सर्वोपरी मान्न नसकेको बताए । उनले राज्यले आफ्ना जनताहरुलाई न्याय र अधिकारको सुनिश्चित गर्न नसक्दा राज्यले आफ्नो वैधता गुमाउने बताए । सूर्यदर्शन सहकारीबाट मात्रै १८ हजार पीडित रहेको र देशभरमा ७६ हजार नागरिक पीडित अवस्थामा रहेको बताउँदै उनले राज्यले पीडितको न्यायलाई कुल्चिन नहुने बताए ।

‘राज्यको दायित्व भनेको न्याय सुनिश्चित हुनुपर्यो, दण्डहीनता अन्त्य हुनुपर्यो । यो देशमा ७० लाख जनता सहकारी पीडित छन् । सूर्यदर्शन सहकारीमा मात्रै १८ हजार पीडित छन् । सबैभन्दा महत्व कुरा पीडितको अधिकार हो । पीडितको न्यायलाई कुल्चिन पाइँदैन,’ उनले भने ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलक्षित गर्दै उनले अपराध कर्ममा संलग्न भएका व्यक्तिहरुको अहिले महिमा मण्डन भइरहेको बताए । पीडितको पक्षमा केही नबोल्ने र पीडककै महिमा मण्डन गर्ने मनोविज्ञानको विकास भइहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले यस्तो मनोविज्ञान गम्भीर र समाजको लागि घातक रहेको टिप्पणी गरे ।

‘कस्तो बिडम्बना देखिन्छ भने आज अपराध कर्ममा संलग्न भएको व्यक्तिको महिमा मण्डन गरिएको छ । ग्लोरिफाइ क्रियट गरिएको छ । यो कस्तो खालको नकरात्मक मनोविज्ञान हो ? यो खतरनाक किसिमको मनोविज्ञान हो । जहाँ पीडितप्रति सहानुभूति होईन, आज पीडकका प्रति सहानुभूति व्यक्त गर्दैछौं । यो कस्तो खालको लोकतन्त्र र समाज हो ? यो गम्भीर विषय हो । यहाँ पीडकको बारेमा चिन्ता गरेको पाइयो । पीडकलाई उनी मसिहा हो भनियो,’– लामिछाने रिहा भएपछि कास्कीमा रास्वपाका नेता तथा कार्यकर्ताले जुलुस निकालेको र उत्सव मनाएको तर्फलक्षित गर्दै उनले भने ।

साथै, कास्की जिल्ला अदालतको आदेशले रविमाथि कुनैपनि प्रतिशोध साँधिएको थिएन भन्ने पुष्टि गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी छ । लामिछाने प्रथम दृष्टिमै अपराध कर्ममा मुछिएको र संलग्नता रहेको छ कुरा अदालतले आदेशको क्रममा उल्लेख गरेको अधिवक्ता त्रिपाठीले बताए ।
‘हिजोसम्म रवि लामिछानेलाई राज्यले प्रतिशोध गर्यो, उनको विरुद्धमा एउटा पनि प्रमाण छैन भनेर भनियो । अनाहकमा उनलाई प्रतिशोध गरेर राज्यले गिरफ्तार गरेको छ भन्ने भाष्य निर्माण गरेको थियो । हिजो त्यो भाष्य कास्की जिल्ला अदालतले खण्डित गरेको छ । यो–यो प्रमाण तड्कारो छ, अहिले नै उनलाई निर्दोष छन् भन्ने मान्न सकिँदैन,’ उनले भने ।

रास्वपाका नेता तथा कार्यकर्ताहरुमा गाली गलौजबाहेक केहीपनि नरहेको बताए । उनले रास्वपामा वौद्धिक दरिद्रता देखिएको टिप्पणी गरे । उनले भने, ‘रवि लामिछानेका नेता, कार्यकर्ताहरुसँग गाली गलौजबाहेक केहीपनि छैन, अश्लिल गालीबाहेक केही पनि छैन, तर्क छैन, कुनै डिबेट गर्न सक्दैनन् । दिमाग खाली छ, वौद्धिक दरिद्रता छ ।’

आफू कास्कीमा पीडितहरुको पक्षबाट बहस गर्न गएको उनले बताए । सो क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरुले आफूमाथि हजारौं गाली र अश्लिल शब्दको प्रयोग गरेको उनको दाबी छ ।
‘कास्की जिल्ला अदालतमा बहस गरेपछि मेरो खिलाफमा हजारौं गाली गलौज भयो । अश्लिल गालीगलौज भएको छ । मैले त अदालतमै भने, यो सबै जिम्मेवारी रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले लिनुपर्छ । तपाईँहरुले फन्डिङ गरेर साइबर सेना क्रियट गर्नुभएको छ । त्यो जिम्मेवारी कसले लिने ?’ उनले भने ।

रवि लामिछाने गोर्खा मिडियाको जिम्मेवार व्यक्ति थिए, उनले ८१४ वटा चेक काटेको, आर्थिक कारोबार उनले गरेको, उनको खातामा पैसा आएकोलगायतका कुरा कास्की जिल्ला अदालतले बोलेको अधिवक्ता त्रिपाठीको भनाइ छ । कास्की जिल्ला अदालतको प्रारम्भिक सुनुवाइले नै लामिछानेलाई दोषी ठहर गरिसकेको उनले बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले मुद्दाको अन्तिम सुनुवाइसम्म प्राप्त प्रमाण कहीँकतै नजाने र यति प्रमाण नै दोषी ठहर गर्न पर्याप्त रहने बताए ।
अब मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म लामिछाने अब सार्वजनिक जीवनमा आउन नपाउने उनको भनाइ छ ।

‘अदालतको आदेशलाई तोडमोड गर्नु जनतालाई भ्रम छर्नुमात्रै हो,’ उनले भने ।

साथै, लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमै अझै ४ वटा जिल्ला अदालतमा मुद्दा रहेको उनले स्मरण गराए । एउटा जिल्ला अदालतको आदेश अर्को जिल्ला अदालतका लागि नजीर नहुने उनले बताए । काठमाडौं जिल्ला अदालतले पोखरा जिल्ला अदालतको आदेश अनुशरण गर्न बाध्य नहुने उनले बताए । अर्को अदालतले अरु आदेश पनि गर्न सक्ने उनले बताए । लामिछाने आवस्यकभन्दा बढी हर्षित हुन नहुने उनले बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार ००:००  ६ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping