धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन–चाँदीका सिक्का जित्ने अवसर « Eglish Khabarhub

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन–चाँदीका सिक्का जित्ने अवसर


२७ पुस २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।

कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो ।

कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ । हिमगिरी हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको जानकारी दिए ।

उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

‘स्किम लागू भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने ।

स्किम रहेका १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरू खरिद गरी कुपनमा सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिने छ । कल गरेपछि कम्पनीले सुन र चाँदीका सिक्का दिन सक्षम हुने मल्लले बताए ।

कम्पनीले स्किम लागू भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेको हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको भएका छन् । मल्लका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएको यो कम्पनीको नयाँ योजना हो ।

सो कार्डमा एउटा किन्दा अर्को फ्री पाउडर लगायतका उपहार दिइएका छन् । उक्त उपहार डिलर वा पसलबाट लिन सकिने छ । डिटर्जेन्ट पाउडरको गुणस्तर झल्काउन र यसको प्रयोगलाई बढाउन कम्पनीले ल्याएको यो स्किम लामो समयसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपालमा धोनीका डिटर्जेन्ट पाउडरको मागका साथै प्रयोग बढ्दो क्रममा छ । हिमगिरी हाइजिनले नेपाली बजारमा स्यानिटेसन सामग्री साबुन, डिटरजेन्ट पाउडर र ट्वाइलेट सोपलगायत प्रडक्टहरू उत्पादन तथा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  ८ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping