इमर्जिङ नेपालको संस्थापक र कर्मचारीका लागि लक इन अवधि खुल्दै « Eglish Khabarhub

इमर्जिङ नेपालको संस्थापक र कर्मचारीका लागि लक इन अवधि खुल्दै



काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको संस्थापक  तथा कर्मचारीहरुको सेयरको लक इन फागुन ३ गतेबाट खुला हुने भएको छ ।

सर्वसाधरणलाइन सेयर बाँडफाड गरेको तीन वर्षसम्म लक इनमा राख्नुपर्ने कानुनी प्रावधान छ । २०७८ फागुन ४ गते कम्पनीले सर्वसाधरणको सेयर बाडफाट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ बिक्री गरेको हो । जसमा ११ हजार ११२ कित्ता कर्मचारी र २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्तालाई दिएको छ ।

Publish on: