लगानी सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ टोली कोशीमा लगानी सम्भाव्यता अध्ययनमा जुट्यो « Eglish Khabarhub

लगानी सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ टोली कोशीमा लगानी सम्भाव्यता अध्ययनमा जुट्यो


२८ पुस २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने पहिलो लगानी सम्मेलनको पूर्वसन्ध्यामा चीनका दुई ठूला निर्माण कम्पनीका प्रतिनिधि प्रदेशको जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानी गर्न भन्दै सम्भावना अध्ययनका लागि आइपुगेका छन् ।

जिसिएल कम्पनीका मिस्टर वाङ झि झाङ र पवार चाइना कम्पनीका मिस्टर लिउको नेतृत्वमा १० जना प्राविधिक यसवेला कोशी प्रदेशको हिमाली जिल्ला संखुवासभाको हटियागोला हुँदै लिङगनवाट अरुण खोलामा पुगेको ति निर्माण कम्पनीका नेपाल कन्ट्री चीफ एडभाइजर भीम घिमिरेले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयको स्वीकृतिमा सम्भावना अध्ययनका लागि आएको उक्त टोलीमा भूगर्भविद, जलस्रोतविज्ञ, प्रकृतिविज्ञ र वातावरणविज्ञ सहितको प्राविधिक समूह रहेको नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका घिमिरेले बताए ।

टोलीको उद्देश्य कोशी प्रदेशमा चिनियाँ लगानीको सम्भावनाको अध्ययन गर्ने भनिएको छ । घिमिरेले भने,’उनीहरुको पहिलो प्राथामिकता जलस्रोत क्षेत्र छ । त्यसवाहेक पर्यटन र कृषि क्षेत्रमा सम्भावित लगानीका बारेमा अध्ययन गर्ने छ । टोलीले जलविद्युतमा लगानी गर्ने विषयमा यो प्रदेशको अरुण र तमोर नदीको स्थलगत अध्ययन गर्दै छ ।’

यसअघि यो टोलीले बागमती, पश्चिम गण्डकी र कर्णालीमा पनि सम्भाव्यता अध्ययन गरेर यहाँ आएको घिमिरेले जानकारी दिए । चिनियाँ कम्पनीले यसअघि सुनसरी मोरङ सिचाई योजना, सिक्टा र बागमती सिँचाई योजना, इलाम हाइड्रो र अपर तामाकोशी हाइड्रोमा कन्ट्रयाक्टरको काम गरिसकेको छ ।

टोलीलाई कोशीका मुख्यमन्त्री हिकमतकुमार कार्की र विराटनगर महानगर प्रमुख नागेश कोइराला सहितका जनप्रतिनिधिले स्वागत गरेका थिए । त्यस अवसरमा टोली प्रमुख वाङ झि झाङले आफूहरुले नेपालमा लगानी गर्न चाहेको बताएका थिए ।

लगानीको वातावरण बने आफूहरु कोशी प्रदेशमा जलविद्युत र पर्यटन क्षेत्रमा काम गर्न इच्छुक रहेको उनीहरुले बताएका थिए।

प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको मुखमा चिनियाँ कम्पनी लगानी सम्भाव्यता क्षेत्रको अध्ययनका लागि आउनु सुखदपक्ष भएको उल्लेख गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले भने,’चिनियाँ कम्पनी खासगरी जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पाइएको छ ।’

कोशी प्रदेश सरकारले यही माघ ११ देखि १३ गतेसम्म पहिलो लगानी सम्मेलन गर्ने उदघोष गरेको थियो । तर तयारी नपुगेको भन्दै सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने नयाँ मिति तोकेको छ ।

लगानी सम्मेलनकालागि प्रदेश लगानी प्राधिकरणले विभिन्न ३७ वटा योजना सोकेसमा राखेर थप २० वटा योजनाको अध्ययन गरिरहेको छ ।

सम्मेलन खर्चका लागि चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा तीन करोड विनियोजन गरेर तयारी गर्दै आएको कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब भन्दा बढी लगानी भित्र्याउने लक्ष्य राखेको छ । सम्मेलनमा अढाई खर्बभन्दा बढीका योजना प्रस्तुत गर्ने प्राधिकरणको तयारी छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  २ : ४८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping