कालिमाटी तरकारी बजारमा आज : तरुल ११० रुपैयाँ प्रतिकिलो, थोकमा तरकारी सस्तो हुँदा खुद्रामा निक्कै महँगो « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : तरुल ११० रुपैयाँ प्रतिकिलो, थोकमा तरकारी सस्तो हुँदा खुद्रामा निक्कै महँगो


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कालिमाटी तरकारी बजारमा मंगलबार थोकमा अधिकाँश तरकारीको मूल्य निक्कै सस्तो हुँदा पनि खुद्रा बजारमा भने अहिले पनि मूल्य निक्कै बढी छ ।

खुद्रामा अहिले पनि हरेक तरकारी १ सय रुपैयाँभन्दा घटी पाइएको छैन । यसले गर्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् । खुद्रा व्यापारीले आफुखुशी मूल्य असुल गर्दा पनि नियामक निकायले अनुगमन नगर्दा किसानले लागत मूल्य नपाउने र उपभोक्ताले अधिक मूल्य तिर्नुपर्ने बाध्यता छ ।

कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा २२.६७, रातो आलु ४६.६७, प्याज ६६.३३, गाजर लोकल ७५, गाजर तराई ६५, बन्दा लोकल २७.६७, बन्दा तराई १७.६७, बन्दा नरिवल २७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, तराई काउली १७.६७, सेतो मुला ३२.६७, लाम्चो भान्टा ३२.६७, डल्लो भान्टा ४५, मटरकोशा ८५, घिउ सिमी ६५, टाटे सिमी ३५ र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लौका ४५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ९५, बरेला ३५, पिडालु ८५, स्कुस ३५, रायो साग १५, पालुङ्गो साग ५५, चमसुरको साग ५५, तोरीको साग ३५, मेथीको साग ५५, हरियो प्याज ५५, बकुल्ला ७५, तरुल ११०, कन्ये च्याउ १००, डल्ले च्याउ ३५०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  ८ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping