एनसीएचएलको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत लाभांश पारित « Eglish Khabarhub

एनसीएचएलको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत लाभांश पारित


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८०/८१ को तेह्रौं वार्षिक साधारण सभा मिति २८ पुस मा सम्पन्न गरेको छ। सभारणसभामा लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नुका साथै कम्पनीले सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद सहित २० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो निर्णयसँगै एनसीएचएलको चुक्ता पुँजी र १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ पुग्नेछ।

साधारण सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्दै २ खर्ब २५ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि स्वीकृत गरेको छ। कम्पनीले पूँजी वृद्धिबाट नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नति गर्ने योजना बनाएको छ।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा फर्छ्यौट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको छ। यससँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेको छ। उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरू राफसाफ भएका थिए।

बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरूलाई निर्विरोध पुनः चयन गरेको छ। वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि अधिकृत सृजन मल्ल पुनः निर्वाचित भएका छन्।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको एक जना सदस्य, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीहरूबाट एक/एक जना, तथा एक स्वतन्त्र सदस्य रहेका छन्। कम्पनीको स्वामित्व संरचनामा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  ३ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping