ट्रेडमिलमा दौडेको दौड्यै छ दलित आन्दोलन « internal.appharu.com

ट्रेडमिलमा दौडेको दौड्यै छ दलित आन्दोलन


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

गर्नुअघि जात व्यवस्थाको सुरूआत र अभ्यासबारे बुझौं। यसले आन्दोलन किन आवश्यक छ भन्ने थाहा पाउन सहयोग गर्नेछ।

ऋग्वेदकालदेखि दक्षिण एसियाको हिन्दु समाज शुद्र, वैश्य, क्षत्री र ब्राह्मण गरी चार वर्गमा विभाजित थियो। त्यसपछिका ग्रन्थमा ‘शुद्र’ शब्दलाई नकारात्मक कलेवर दिएर श्रमजीवी समूहलाई निचो देखाउन सुरू भयो।

त्यस्ता श्रमजीवी उत्पादक समूहमाथि बिस्तारै दासजस्तो व्यवहार गर्न थालियो। हिन्दु ग्रन्थका पात्रहरू कर्ण, एकलव्य र सम्बुकले आफूमाथि भएको जातीय विभेदविरूद्ध बोल्दा ज्यानको आहुती दिनुपर्‍यो। आफ्नो बूढी औंलो ‘गुरूदक्षिणा’ टक्र्याउनुपर्‍यो। यस्ता दृष्टान्त धेरै छन्।

विश्वभक्त दुलालले आफ्नो पुस्तक ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ मा दक्षिण एसियाभरि ३५ सय वर्षअघिदेखि तहगत संरचनामा आधारित वर्ण व्यवस्था कायम रहेको भनेका छन्। पछि सन् २०० मा भारतको वैशालीबाट आएका लिच्छवि शासकको चार वर्ण अठार जात, मल्ल शासनकालमा जयस्थिति मल्ल (सन् १३६०–१३९५) को चार वर्ण चौंसठ्ठी जात, गोरखाका राजा राम शाह (सन् १६०५–१६६०) को चार वर्ण छत्तीस जात हुँदै पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा नेपाललाई असली हिन्दुस्तान बनाउने कुरा दिव्यउपदेशमै लेखाएर छुवाछुतसहितको जात व्यवस्था समाजका सबै संरचनामा कायम राखिएको वृत्तान्त दुलालले लेखेका छन्।

शाहवंशीय शासनकालमा बिक्रम सम्बत् १८२५ देखि १९०२ सम्म छत्तीस जातको व्यवस्था कायम रह्यो। पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारकै क्रममा गोर्खाली-शासित बाइसे-चौबीसे राजारजौटालाई जात व्यवस्थाको अभ्यास गराउने गरी सम्झौता गरिएको रहेछ। बिक्रम सम्बत् १८२६ मा पृथ्वीनारायण शाहले जाजरकोटका राजालाई लेखेको पत्रमा जात बढुवा र घटुवाको अधिकारसहित जात-विशेषको निम्ति तोकिएको नियम तोडे दण्डजरिवाना गर्न पाउने अधिकार दिएका रहेछन्।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ०५ बजे

बंगलादेशलाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास

यसअघि ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेर पनि उपाधि जित्न

ट्रेडमिलमा दौडेको दौड्यै छ दलित आन्दोलन

गर्नुअघि जात व्यवस्थाको सुरूआत र अभ्यासबारे बुझौं। यसले आन्दोलन किन

नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइनबाट रोक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार

१२ वर्षअघि कायापलट भएर भव्य बनेको गंगासागर

चेल हरेक साँझ जनकपुरको शिव चोकमा गाडीहरूको जाम बढ्न थाल्छ। हर्नको