बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी

बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि ९ वटा गम्भीर आरोप लगाउँदै अख्तियारमा उजुरी


काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंमाथि गंभीर प्रकृतिका आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अध्यक्ष चिरञ्जीबी चापागाईंले पदमा बाहाल रहेयता विभिन्न ९ वटा शिर्षकमा आर्थिक अनियमितता गरेका भन्दै अख्तियारमा उजुरी परेको हो ।

आयोगमा परेको बेनामे उजुरीमा जीवन बीमा, निर्जीबन बीमा कम्पनी दर्ता गर्दा, कम्पनीको स्थलगत निरीक्षण गर्दा, सवारी साधान गरिद गर्दा, अत्यधिक जिल्ला भ्रमण गर्दा, कोरोना बीमालेख जारी गर्दा, नीतिगत कार्य नगरी, समितिको विज्ञापन र कर्मचारीको सरुवा, बढुवा, आन्तरिक प्रणाली र संस्थागत सुशासन पालना गर्ने÷गराउने क्रममा आर्थिक हिनामिना गरी अधिकारको दुरुपयोग गरेको उल्लेख छ ।

अध्यक्ष चापागाईले संस्थागत सुशासन कायम गर्नुपर्नेमा उनले आफू नियुक्ति भए लगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिशन लिई भ्रष्टाचार गरेको, सरकारलाई लघु बीमाको योगदान १२ भनेर झुठो विवरण दिएका (कुल बीमाशुल्कको आधारमा गणना गर्नु पर्नेमा जारी बीमामालेखको आधारमा गणना गरिएको) आरोप लगाइएको छ ।

त्यसैगरी, १० वटा जीवन बीमा कम्पनीलाई इजाजत दिँन कम्पनी दर्ता गर्दा प्रतिसेयर १०० रुपैयाँ प्रमोटर सेयर हुनुपर्नेमा ११० र ११५ रुपैयाँसम्म उठाएको र ३ वटा निर्जीबन बीमा कम्पनीलाई इजाजत दिन कम्पनी दर्ता गर्दा प्रमोटर सेयर १०० रुपैयाँ हुनुपर्नेमा ११० र ११५ रुपैयाँ लिएर आर्थिक हिनामिना गरी मनग्य अवैध सम्पति आर्जन गरेको उल्लेख छ ।

समितिले बीमकको निरन्तर स्थलगत निरीक्षण गर्ने तर विगत ४ वर्षमा गरिएका निरीक्षण बीमकहरुको स्थलगत निरीक्षणको प्रतिवेदन संचालक समितिमासमेत पेश नभएको र कुनै कार्यान्वयन नगरेको र त्यसमा पनि आर्थिक चलखेल गरेको निवेदनमाउल्लेख छ ।

त्यतिमात्रै होइन समितिका अध्यक्ष चापागाईले सवारी साधान गरिदनमा पनि आर्थिक अनियमितता गरेको र किनेका गाडीको दुरुपयोग गरेको आरोप लागेको छ ।

चापागाईं समितिमा आउनु भन्दा अघि ६ वटा मोटर रहेको र हाल ७ वटा मोटर थप खरिद गरी १३ वटा पुर्याएको छ । उक्त सवारी साधन उपयोग गर्न पाउने व्यक्तिहर अध्यक्षसहित ६ जना रहका छन् । अध्यक्षले हुन्डाईको अटोमेटिक सवारी साधनसहित ३/४ वटा मोटर संस्थाको लागि भन्दा पनि निजी प्रयोजनको लागि उपयोग गर्ने गरेको आरोप छ ।

अध्यक्षले समितिमा रहेका, प्रयोगमा भएका सवारी साधनहरु लिलाम गरी थप नयाँ सवारी खरिद गरी सरकारले दिएको निर्देशन समेत उल्लघन गरेका छन् । उनले समितिलाई आवश्यक पर्ने भन्दा बढी सवारी खरिद गरेर समितिको खर्च बढाउनुको साथै कमिशनको खेलमा परेको समेत उजुरीमा उल्लेख छ ।

यस्तै कोरोना भाइरसको संक्रमण हुनु भन्दा पहिला अध्यक्ष लगायतका पदाधिकारीहरु हरेक हप्ता जिल्लामा होडिङ बोर्ड राख्ने, कम्पनीका शाखा कार्यालय उदघाटनजस्ता कार्यमा समय खर्चिएको छ ।

त्यसका लागि बीमाको प्रचारप्रसार र तालिम कार्यक्रम संचालन गर्ने वहानामा प्रत्येक हप्ता आन्तरिक दैनिक भ्रमण भत्ता लिएको देखिएको छ ।

बीमाको सिद्धान्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप माहामारीको बीमा गर्न नमिल्ने भएपनि सस्तो लोकप्रियताका लागि अध्यक्ष चापागाईंले कोरोना बीमा गर्ने व्यवस्था गरे ।

चापागाईंले आफ्नो कुराहरुलाई प्रचार प्रसार गर्न विभिन्न पत्रपत्रिका, टिभि च्यानल र अनलाइन सञ्चार माध्यमलाई प्रसस्त विज्ञापन उपलब्ध गराई अनावश्यक खर्च गरेको, बार्षिक कार्यक्रममा कुनै प्रतिस्पर्धा विना गोरखापत्र वाहेकको अन्य दैनिक पत्रिकालाई समेत विज्ञापन उपलब्ध गराएको आरोप लगाइएको छ ।

बीमा ऐनको प्रस्तावनामा उल्लेख भए बमोजिम बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्ने बीमा समितिको काम हो ।

अध्यक्ष चापागाई आएपछि गैरस्थलगत र स्थलगत निरीक्षण गरिएका प्रतिवेदनहरुमा औंल्याइएका कैफियतहरुको बीमकहरुको मिलोमतोमा कुनै पनि प्रतिवेदनहरु कार्यान्वयन नगरेर आर्थिक लाभ लिएको आरोप लगाइएको छ ।

यी सम्पूर्ण आरोपहरु सही भएको दाबी गर्दै अख्तियारमा बेनामे उजुरी हालिएको छ । अख्तियार स्रोतबाट क्लिकमाण्ठूलाई प्राप्त उजुरीको कागजातमा भनिएको छ, ‘अध्यक्ष चापागाईंलाई तत्काल निलम्बन गरी छानविन गरेको अवस्थामा समितिका कर्मचारीहरुले थप प्रमाणहरु उपलब्ध गराउने छन् ।’

यस्तो छ अख्तियारमा परेको उजुरी