एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता « Eglish Khabarhub

एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता


३ बैशाख २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत भएको छ । एकैपटक ३ वटा संस्थालाई एक्विजेशन (प्राप्ति) गर्ने तयारीलाई नबिल बैंकले अन्तिम रुप दिएको छ ।

नबिल बैंकले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक र ‘ग’ वर्गको राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई गाभ्ने प्राप्ति गर्न लागेको हो ।

एक्विजेशन प्रक्रियामा सहभागी भएको विश्वस्त स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारीअनुसार नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक, गरिमा विकास बैंक र युनाइटेड फाइनान्सलाई एकैपटक प्राप्ति गर्ने तयारी अन्तिम चरणमा छ ।

‘नेटवर्थअनुसार तीनवटै संस्थाको करिब एउटै खाले स्वापमा एक्विजेशनको अन्तिम तयारी भएको छ,’ एक्विजेशन प्रक्रियामा सहभागी स्रोतले क्लिकमाण्डूसँग भने ।

‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

नेपाल बंगलादेश बैंकको मुख्य लगानीकर्ता बंगलादेशको आइएफआईसी बैंकले नबिल बैंकसँग एक्विजेशनमा जानको लागि सैद्दान्तिक सहमति दिएको छ । आइएफआइसी बैंकमा बंगलादेशको सरकारको लगानी छ ।

‘एनबी बैंकको सबैभन्दा ठूलो सेयरधनी नबिलसँग एक्विजेशनमा जानको लागि तयार भइसकेको छ, स्वापमा केही प्रतिशतमा कुरा मिल्न बाँकी छ,’ स्रोतले भन्यो, ‘३५ देखि ४० मा फाइनल हुनसक्छ ।’

एनबी बैंकमा रहेका नेपाली लगानीकर्तालाई नबिलसँग एक्विजेशनमा जानको लागि कुनै पनि खाले समस्या छैन ।

यस्तै राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंकलाई पनि नविलले प्रस्ताव गरेकोे छ । युनाइटेड फाइनान्समा मुख्य लगानी नै चौधरी ग्रुपको हो । जसको कारण नबिलसँग एक्विजेशनमा कुनै समस्या छैन ।

‘युनाइटेडसँगै वाणिज्य बैंक र विकास बैंकसहित बिग एक्विजेशन गर्ने हाम्रो तयारी हो,’ नबिल बैंक स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले कुराकानी भइरहेजसरी एक्विजेशन भयो भने नबिल बैंकको नाममा कारोबार हुनेछ र संचालक समिति पनि नबिल बैंककै हुनेछ । व्यवस्थापन समितिमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र डुंगानाले बरिष्ठ डेपुटी सीइओकोरुपमा निरन्तरता पाउने छन् । अहिले नबिलमा दुईवटा डेपुटी सीइओ छन् ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

यसबाहेक केही तीनवटा संस्थाका केही बरिष्ठ अधिकारीले निरन्तरता पाउने छैनन् भने तल्लो तहका कर्मचारीले निरन्तरता पाउने छन् ।

नबिल बैंकले मर्जरभन्दा पनि आफ्नो रणनीतिमा एक्विजेशनमा प्राथमिकता दिएको छ । पछिल्लो ५ वर्षमा मर्जर तथा आक्रामक शाखा विस्तारले एनआईसी एशिया अगाडि लागेको छ ।

तीनवटा संस्था मर्ज भएपछि नबिल बैंकको निक्षेप ३ खर्ब ४० अर्बभन्दा बढी हुन्छ । कर्जा ३ खर्ब रुपैयाँ भन्दा बढी हुनेछ । यसबाहेक शाखा संख्या करिब ३ सय हुन्छ । मुख्य सहरमा भने नबिल बैंकसहित करिब दुई दर्जन शाखा नजिक रहेको छ । यसलाई स्थानान्तरण गर्नुपर्छ ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

‘मर्जर तथा एक्विजेशनमा मुख्य समस्या देखिने स्वापमा ठूलो समस्या छैन, सबै कुरा मिल्यो भने बैशाखभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुनेछ,’ सम्बन्ध स्रोतले भन्यो ।
स्रोतका अनुसार नबिल बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएपछि नबिललाई थप दबाब हुनेछ । आगामी साता हिमालयन र इन्भेष्टमेन्टबीच मर्जरमा जाने समझदारी गर्दैछन् ।

नेपाल स्टक एक्सचेन्जमा नबिलसँग एक्विजेशनमा जाने भनेपछि पछिल्लो समय तीनवटा नै संस्थाको सेयर मूल्य बढेको छ । एनबी बैंकको सेयर मूल्य पछिल्लो एक महिनामा एक सय रुपैयाँले बढेर ४०३ मा पुगेको छ ।

यस्तै गरिमा विकास बैंकको १६० रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ । युनाइटेडको ८० रुपैयाँले सेयर मूल्य बढेर ४३० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार ००:००  ५ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping