प्रकाशमान सिंहले भने- कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ « Eglish Khabarhub

प्रकाशमान सिंहले भने- कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ




काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली काँग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गरे ।

Publish on: