मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३५ करोड लगानीमा हेटौँडामा अत्याधुनिक बस टर्मिनल


वाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क( निर्माणले तीव्ररूप लिएको छ ।

गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताए ।

हेटौँडा-१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो । कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताए ।

सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ । तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो । बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको हो । यद्यपि औषधि भने निःशुल्क उपलब्ध गराइने छ ।

स्वास्थ्यकेन्द प्रमुख डा सृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहेको सेवाअन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसूत्र, प्रयोगशाला परीक्षणलगायतका सेवालाई सःशुल्क बनाइएको हो ।

बिरामीले स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत रु २० तथा फिजियोथेरापीको सेवा लिएबापत रु १०० शुल्क तिर्नुपर्ने जनाइएको छ ।

अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधि निःशुल्क वितरण गरिँदै आइरहेको छ ।