ओटीसी बजारमा एनसेलको १ कित्ता सेयर १ लाख २४ हजारमा बिक्री « Eglish Khabarhub

ओटीसी बजारमा एनसेलको १ कित्ता सेयर १ लाख २४ हजारमा बिक्री


११ कार्तिक २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले सर्वसाधारणका लागि सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरेको छ । जसका लागि एक्जियाटाले एनसेललाई पब्लिक लिमिटेडमा रुपान्तरण गरिसकेको छ ।

एनसेल २०७७ साउनमै आइपीओ निष्काशन गर्ने तयारीका साथ पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । कम्पनी ऐन २०६३ को दफा १२ मा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था छ ।

पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेपछि सेयर बजारमा चासो राख्ने आम लगानीकर्ताहरु एनसेलले आइपीओ किन्न आतुर भएर बसेका छन् ।

तपाईं एनसेलको आइपीओ कुरेर बसिरहनु भएको छ भने न्यूनतम १० कित्ता किन्नका लागि मात्रै पनि मोटो धनराशी खर्च गर्नुपर्ने देखिएको छ । किनभने हालै मात्र ओटीसी (ओभर दि काउन्टर) बजारमा एक कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।

किनभने, यो कम्पनीको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । नेटवर्थ जति बढी भयो सेयर बजारमा लगानी गर्नेका लागि उतिनै राम्रो हो । लगानीकर्ताहरुले कम्पनीको नेटवर्थलाई आधार मानेर लगानी गर्ने गर्छन् ।

सम्भवतः नेपालमा ओटीसी बजारमा भएको सेयर कारोबारमध्ये एनसेलको कारोबार सबैभन्दा महंगो हो ।

एनसेलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत सेयर स्वामित्व नेपाली लगानीकर्तामा छ । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको एनसेलले आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर तिरेको ठूला करदाता कार्यालयको रेकर्डमा उल्लेख छ । जसमध्ये २२ अर्ब रुपैयाँ सेयर स्वामित्व खरिदबिक्री हुँदाको पुँजीगत लाभकर वापत बुझाएको थियो भने १२ अर्ब ९५ करोड रुपैयाँ खुद नाफाबाट आयकर बुझाएको थियो ।

आयकर ऐन अनुसार कुनै पनि कम्पनीले खुद नाफाको २५ प्रतिशत राज्यलाई आयकरवापत तिर्नुपर्छ । यसलाई आधार मान्दा कम्पनीले उक्त आवमा करिब ५० अर्ब रुपैयाँ नाफा कमाएको देखिन्छ ।

एनसेलको गत साउन १९ गते एक कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी गराएको छ ।

नेप्सेका अनुसार सम्पन्नराज भट्टले १ कित्ता सेयर १ लाख २४ हजार १ सय रुपैयाँमा कबिन मुललाई बिक्री गरेका हुन् ।

सरकारले नै उत्पादनमूलक तथा सेवाप्रदायक कम्पनीलाई आइपीओमा ल्याउने र त्यसका लागि सहजिकरण गर्न भन्दै बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्ने व्यवस्था गरेको छ ।

पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेपछि एनसेलले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय दूरसञ्चार प्राधिकरण र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डसँग आइपीओ ल्याउने विषयमा छलफल गरिरहेको छ । यद्यपि अहिलेसम्म कहिले कुन विधिबाट आइपीओ निष्काशन गर्ने भन्ने टुंगो लागेको छैन ।

हाल एनसेलको प्रतिसेयर नेटवर्थ १९ हजार ८३ रुपैयाँ छ । ओटीसी बजारमा भएको कारोबारलाई आधार मान्दा कम्पनीको आइपीओ निष्काशन गर्दा प्रतिकित्ता सेयर मूल्य १ लाख रुपैयाँको हाराहारीमा पुग्ने विश्लेषण गर्न सकिन्छ । तर त्यसको प्रक्रिया थप अघिनबढेसम्म यति नै मूल्य हुन्छ भन्न सकिँदैन ।

करिब १५० रुपैयाँको हाराहारीमा प्रतिसेयर नेतवर्थ रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्काशन गर्दा प्रतिकित्ता ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो । सर्वोत्तम सिमेन्टको ओटीसी कारोबारमा प्रतिकित्ता २५० रुपैयाँमा सेयर किनबेच भएको थियो ।

सर्वोत्तम सिमेन्टको ओटीसी बजारमा भएको कारोबारलाई आधार मान्ने हो भने पनि एनसेलको प्रतिकित्ता सेयर मूल्य १ लाख रुपैयाँभन्दा बढी हुने सहजै अनुमान गर्न सकिन्छ । किनभने, एनसेलको प्रतिसेयर नेटवर्थ नै १९ हजार ८३ रुपैैयाँ छ ।

हाल एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । साथै, एनसेलले गत आर्थिक वर्षमा रिजर्भमा १८ अर्ब ९८ करोड ३३ लाख ९१ हजार ५०० रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति २८ अर्ब ५१ करोड १० लाख ७ हजार १९२ रुपैयाँ छ भने कुल सम्पत्ति ८५ अर्ब ४१ करोड ३७ लाख १४ हजार ८३ रुपैयाँ छ ।

साथै, चुक्ता पुँजी र जगेडा कोष गरी सेयरधनीको कुल सम्पत्ति १९ अर्ब ८ करोड ३३ लाख ९१ हजार ६ सय रुपैयाँ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार ००:००  २ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping