काठमाडौंकै लाखौं ग्राहक लाइन बसेर तिर्छन धाराको बिल, केयुकेएलमा छैन डिजिटल भुक्तानी « Eglish Khabarhub

काठमाडौंकै लाखौं ग्राहक लाइन बसेर तिर्छन धाराको बिल, केयुकेएलमा छैन डिजिटल भुक्तानी


३० कार्तिक २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मुलुकमा डिजिटल भुक्तानी सेवा तीव्ररुपमा बढ्दै गएको छ । सहरमा मात्र होइन, गाउँमा पनि अनलाइनबाट बिल तिर्ने अभ्यास भइरहेको छ ।

बिडम्बना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाखौं ग्राहक भने आफ्नो बिल तिर्न अझै पनि कार्यालय धाउन बाध्य छन् । उपत्यकामा हाल केयुकेएलका ग्राहक ३ लाख ३६ हजार छन् । उनीहरु हरेक महिना खानेपानी बिल तिर्न खानेपानी कार्यालयको काउन्टरमा लाइन लाग्नु पर्छ ।

केयुकेएल जस्तै खानेपानी वितरण गर्ने नेपाल खानेपानी संस्थानले मुलुकभरका ठूला २० सहरमा पानी वितरण गर्छ । उसका लाखौं ग्राहक भने अनलाइनबाट बिल तिर्ने सुविधा उपभोग गरिरहेका छन् ।

१४ वर्षदेखि सञ्चालनमा रहेको केयुकेएलले आफ्नो सिस्टमलाई अनलाइन भुक्तानीमा लैजान नसक्दा काठमाडौंका लाखौं ग्राहकले अझैं पनि लाइनमा बस्न बाध्य भएका हुन ।

अहिलेसम्म प्राविधिकरुपमा सम्भव नभएकाले डिजिटल भुक्तानीमा जान नसकिएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।

‘ग्राहकलाई डिजिट भुक्तानीको सेवा दिन नसक्नुमा प्राविधिक समस्या भएर हो,’ क्लिकमाण्डूसँग कुरा गर्दै राईले भने, ‘हामीले सिस्टमलाई अग्रेड गर्दै यो सुविधा दिनेछौं ।’

केयुकेएल डिजिटल भुक्तानीमा जान नसक्नुको प्रमखु कारण यसले प्रयोग गरिरहेको बिलिङ प्रणाली हो । अहिले जुन सफ्वेयर प्रयोग गरेर ग्राहकको बिल काटिररहेको छ, त्यसमा डिजिट भुक्तानीमा जाने धेरै बाधाहरु रहेको केयुकेएलकै कर्मचारी बताउँछन् ।

केयुकेएलले सन् २००४ मा भारतको एक कम्पनीको सफ्ववेयर प्रयोगमा ल्यायो । नेपालका लागि पार्टनर वल्र्डलिंक थियो । त्योबेला वल्र्डलिंकले भारतको सफ्टवयर ल्याएर केयुकेएलमा लगाउने सम्झौता भयो ।

त्यही सम्झौतमा रहेका प्रावधानका कारण केयुकेएलले नेपालको डिजिटल भुक्तानी सेवा प्रयोग गर्न नसकेको जानकार बताउँछन् ।

उक्त सफ्टवेयर केयुकेएलले प्रयोग गरिरहेको भए पनि त्यसको सम्पूर्ण अधिकार भारतीय सफ्टवेयर कम्पनीसँग छ । जुन सम्झौता भंग गरेर नयाँ बिलिङ सिस्टम प्रयोग गर्ने आँट केयुकेएलमा नदेखिँदा अहिलेसम्म डिजिटल भुक्तानी सेवा शुरु हुन नसकेको जानकार कर्मचारीको भनाइ छ ।

धेरै अगाडिको सम्झौता भएकाले अहिले त्यसैलाई विश्लेषण गर्न नसकिने तर्क राईको छ ।

‘कुनै पनि चिजमा बिस्तार अपग्रेड हुन्छ,’ राईले भने, ‘त्यो बेलामा जे आवश्यकता थियो त्यही सुविधा राखेर सफ्टवेर निर्माण गरिएको थियो होला ।’

केयुकेएलका उपत्यकाभर १० वटा शाखा कार्यालय छन् । ती कार्यालयमा पुगर खानेपानी ग्राहकले बिल तिर्नुपर्छ ।

अनलाइन भुक्तानी सेवा प्रदायक छनोट गर्न प्रस्ताव आह्वान
ग्राहकको ठूलो गुनासोपछि केयुकेएलले खानेपानीको बिल डिजिटल भुक्तानी गर्न भनेर डिजिटल भुक्तानी सेवा प्रदायक छनोटका लागि प्रस्ताव आह्वान गरेको छ । नेपाली डिजिटल भुक्तानी सेवा प्रदायक छनोटको लागि कात्तिक १२ गते १५ दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको हो ।

केयुकेएलले अहिले चलिरहेको भारतीय सफ्टवेयरमा अपग्रेड गरेर डिजिटल भुक्तानी सेवा थप गर्नेगरी प्रकृया अगाडि बढाएको जनाएको छ । अहिलेको सफ्टवेयर चलिरहने र त्यसमा डिजिटल भुक्तानी सेवा पनि थपिने छ ।

प्रवक्ता राईले डिजिटल भुक्तानी र काउन्टरबाट बिल तिर्न सक्ने दुवै विकल्प उपलब्ध हुने बताए । उनकाअनुसार काउन्टर पेमेन्ट र अनलाइन पेमेन्ट दुई सुविधा हुनेछ ।

आवश्यक प्रक्रिया पूरा गरेर सकेसम्म छिटो डिजिटल भुक्तानी सेवा शुरु गर्ने उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार ००:००  ७ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping