यी हुन् महासंघको विधान संशोधनको मस्यौदा तयार पार्दा सोधिएका ९ प्रश्न « Eglish Khabarhub

यी हुन् महासंघको विधान संशोधनको मस्यौदा तयार पार्दा सोधिएका ९ प्रश्न


४ पुस २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ विधान संशोधन समितिले तयार गरेको मस्यौदा महासंघ अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरेको छ ।

बिहीबार समितिका संयोजक कुशकुमार जोशीले ‘नेपाल उद्योग वाणिज्य महासंघ विधान संशोधन मस्यौदा, २०७८’ (प्रस्ताविक) अध्यक्ष गोल्छालाई हस्तान्तरण गरे ।

मस्यौदा हस्तान्तरण कार्यक्रममा बोल्दै जोशीले समयअनुसार विधानलाई परिवर्तन र परिपक्क बनाउने आधारमा यो विधान संशोधन मस्यौदा तयार गरिएको बताए ।

गोल्छा अध्यक्षमा निर्वाचित भएपछिको पहिलो कार्यसमितिको पहिलो बैठकले विधान संशोधन गर्ने निर्णय गर्दै जोशीको नेतृत्वको समितिलाई मस्यौदा तयार गर्न अधिकार दिएको थियो ।

८ जना रहेको समितिले ११ महिना लगाएर यो मस्यौदा तयार गरेको हो । समितिका सह संयोजक तथा महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले विधानको प्रस्तावनादेखि अन्तसम्म धेरै बुँदामा संशोधनको गरिएको बताए ।

‘यो कसैलाई रोक्ने नियोजित प्रपञ्चसहितको मस्यौदा हो,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘पहिलो कुरा हामी पदाधिकारीलाई नै छलेर मस्यौदा तयार पारियो, दोस्रो, प्रश्नहरु नै बायस छन् ।’

नयाँ प्रस्तावनाअनुसार अब अध्यक्ष पदको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । पहिलेदेखि अध्यक्षको निर्वाचन प्रत्यक्ष हुनुपर्छ भन्ने कुरा आइरहेकाले अहिलेको बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थालाई परिवर्तन गर्न प्रस्ताव गरिएको हो ।

महासंघ साधारण सभाले यो मस्यौदालाई पारित गरेमा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष भएपछि प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चुनिने छन् ।

वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्न नपाउने भएपछि वरिष्ठ उपाध्यक्ष नहुने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्ष सट्टा कार्यसमितिले एकजना उपाध्यक्ष र एकजना महिला उपाध्यक्ष मनोनित गर्ने व्यवस्था गरिएको छ ।

त्यसको वरिष्ठता महासंघका प्रवेश गरेको आधारमा, जसले महासंघमा बढी काम गरेको छ त्यसका आधारमा छान्ने व्यवस्था गरिएको छ ।

मस्यौदा महासंघकै पदाधिकारीलाई समेत छलेर ल्याइएको भन्दै केही पदाधिकारीले आपत्ति जनाएका छन् ।

‘यो कसैलाई रोक्ने नियोजित प्रपञ्चसहितको मस्यौदा हो,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘पहिलो कुरा हामी पदाधिकारीलाई नै छलेर मस्यौदा तयार पारियो, दोस्रो, प्रश्नहरु नै बायस छन् ।’

यो मस्यौदा तयार गर्ने क्रममा जिल्ला, नगर, वस्तुगत संघहरुको राय बुझ्न केही प्रश्नवालीहरु पठाइएको थियो । ९ वटा प्रश्न सोधिएको थियो । ११४ संघ, संस्थाहरु, व्यक्तिहरुले सुझाब दिएका छन् ।

यस्ता प्रश्न सोधिएको थियो ।

त्यस्तै, निर्वाचित कार्यसमितको कार्यकाल ३ वर्षबाट २ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।

मनोनित सदस्यमा पहिले २ वटा अध्यक्ष र ३ वटा कार्यसमितिबाट मनोनित गर्ने व्यवस्था थियो । नयाँ मस्यौदामा ५ वटा नै अध्यक्षले मनोनित गर्ने अधिकार दिइएको छ । त्यसमध्ये एकजना विदेशी लगानीको तर्फबाट हुनुपर्छ भन्ने छ ।

कोषाध्यक्ष नाम परिवर्तन गरेर उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।

उद्योग वाणिज्य महासंघको कार्यसमितिमा प्रवेश गरेपछि अध्यक्ष हुनलाई कम्तिमा १२ वर्ष लाग्छ । अहिले यो विधान संशोधन पछि भने ८ वर्षपछि नै अध्यक्ष बन्न सकिने व्यवस्था रहेको छ ।

अहिले साधारणसभा चैत २८ मा हुन्छ । उद्योग वाणिज्य महासंघको दिवस परेकाले त्यो गरिएको थियो । जिल्लाका व्यवसायीले उक्त समयमा कार्यक्रम गर्न नपाएको भनेकाले साधारण सभा चैत १५ मा राख्ने व्यवस्था गरिएको छ ।

केन्द्र र प्रदेशको निर्वाचन काठमाडौंमै गर्दा बढी खर्चिलो र भड्किलो भयो भनेर प्रदेशको निर्वाचन आफ्नै प्रदेशमै गर्ने व्यवस्था गरिएको छ । प्रदेशको निर्वाचन र केन्द्रको निर्वाचन एकै पटक गर्ने व्यवस्था गरिएको छ ।

जिल्ला नगरबाट २ वटा उपाध्यक्ष मस्यौदामा प्रस्ताव गरिएको छ । वस्तुगत र एशोसियतबाट २ उपाध्यक्ष भएपछि जिल्ला नगरबाट पनि २ उपाध्यक्ष हुनुपर्छ भन्ने मान्यता रहेको समितिको भनाइ छ ।

संघीय संरचनाका आधारमा महासंघको विधान बनाउने गरी मस्यौदा तयार गरिएको छ । विधान मस्यौदा बनाउँदा विधानमा पिएचडी गरेका अधिवक्ता रुद्र शर्मालाई मस्यौदा बनाउँदा सहयोग लिएको थियो ।

संघीय संरचनामा विदेशका वाणिज्य संघहरुले कस्तो विधान बनाएका छन् भनेर भारत, पाकिस्तान लगायतका संस्थाको अध्ययन गरिएको संयोजक जोशीले बताए ।

७७ जिल्लामा भएका जिल्ला नगर, गाउँपालीसम्मका व्यवसायीलाई समेट्नेगरी मस्यौदा तयार गरिएको जोशीको भनाइ छ ।

७ वटा प्रदेशमा उद्योग वाणिज्य महासंघ गठन भए पनि त्यसको विधि, प्रकृयाहरुमा अझ परिमार्जन गरिएको छ । प्रदेश उद्योग वाणिज्य महासंघ भनेको केन्द्रको महासंघको एक इकाइको रुपमा रहने छ । प्रदेश उद्योग वाणिज्य महासंघलाई बलियो बनाउने गरी मस्यौदा तयार गरिएको छ ।

महासंघमा जिल्ला, नगर, वस्तुगत संघ, एसोसियट सदस्य छन् । वस्तुगत र एशोसियनको मतभारमा ५० प्रतिशत रहेका छन् । त्यही अनुपातमा कार्यसमिति चयन भएर आउने भन्ने व्यवस्था नयाँ विधानमा रहेको उनले बताए ।

जिल्ला नगरबाट २ वटा उपाध्यक्ष मस्यौदामा प्रस्ताव गरिएको छ । वस्तुगत र एशोसियतबाट २ उपाध्यक्ष भएपछि जिल्ला नगरबाट पनि २ उपाध्यक्ष हुनुपर्छ भन्ने मान्यता रहेको समितिको भनाइ छ ।

हरेक जिल्लामा उठ्ने उमेदवारमा महिला हुनुपर्छ भनने अनिवार्य गरिएको छ । उद्योग वाणिज्य महासंघ समावेशी हुुनुपर्छ भनेर यो व्यवस्था गरिएको उनले बताए ।

महासंघ सचिवालय कसरी संचालन गर्न सकिन्छ, कसरी पुस्ता हस्तान्तरण गर्न सकिन्छ, महासंघ र सचिवालयबीच कसरी राम्रो समन्वय हुनसक्छ भन्ने कुराका रुप, रेखा, खाका राम्रोसँग राखिएको जोशीले बताए ।

निर्वाचन प्रकृयाको नियमावली, कर्मचारी प्रशासनको नियमावली यसमा राखिएको छ । पहिला ११ वटा परिषद् थिए भने अहिले १२ वटा परिषद् बनाइएको छ ।

अहिलेको व्यवस्थाअनुसार दुई तरिकाबाट विधान संशोधन गरिन्छ । एउटा कार्यसमितिले प्रस्ताव गर्छ । त्यो ९० दिनको समय दिएर प्रत्येक साधारण सदस्यलाई पाठउँछ । ९० दिनपछि साधारण सदस्यलो विशेष साधारणसभा वा वार्षिक साधारणसभामा छलफल गरेर पारित गर्ने नगर्ने निर्णय गर्छ ।

अर्को प्रकृया भनेको कुनै पनि साधारण सदस्यले विधान संशोधनको प्रस्ताव पठाउन सक्छ ।

मस्यौदा बुझ्दै महासंघ अध्यक्ष शेखर गोल्छाले अहिलेको विधानअनुसार यो मस्यौदालाई अगाडि बढाउने बताए ।

‘हामीले यो मस्यौदालाई विधानअनुसार अगाडि बढाउँछौं,’ उनले भने ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार ००:००  ६ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping