![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिती घट्न थालेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाइ गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । यसरी आयात गरेका वस्तुमा ल्वाङ,मिठाई,फर्निचरका सामान तथा सौन्दर्य साधनमा प्रयोग हुने वस्तु छन् ।
यस्तै तयारी भएको मासु तथा माछा, यसरी आयात हुने वस्तुमा अब आयातकर्ताले शतप्रतिशत मार्जिन राखेपछि मात्र आयात गर्न पाउनेछन् । यसअघि नै राष्ट्र बैंकले आयातमा कडाइ गरेको गर्दै गाडी लगायतका वस्तुमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
SHARE YOUR THOUGHTS