शतप्रतिशत मार्जिनको व्यवस्था भएका ४७ वस्तुको आयात ६ महिनामा २३९ अर्ब « Eglish Khabarhub

शतप्रतिशत मार्जिनको व्यवस्था भएका ४७ वस्तुको आयात ६ महिनामा २३९ अर्ब



काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिती घट्न थालेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाइ गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै आयात गर्दा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यसअघि नै चकलेट, चुइङगम, इनर्जी ड्रिंग्स, चुरोट, अत्तर, श्रृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्तिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा ५० देखि १०० प्रतिशतसम्म मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो ।

साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो । हाल राष्ट्र बैंकले पुनः आयातमा कडाई गर्दै थप २४ वस्तुमा शतप्रतिशत र ३ वस्तुमा ५० प्रतिशत मार्जिन लागू गरेको छ ।

सरकारले हाल समुन्द्री जीवका माछा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायतका फून, सु्केको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार सोया सस, जुस, कुकुरका खानालगायत पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, ह्यान्ड ब्याग, कार्पेट, पर्दा, ब्लयाङ्केट, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको छ ।

सरकारले सञ्चिती घट्दै गएपछि चरणबद्ध रुपमा कडाइ गर्दै आएको छ । त्यस्तै, अहिले लागू गरेको शतप्रतिशत र ५० प्रतिशत लागू भएको वस्तुको आयात उच्च रहेको छ । सरकारले हाल लागू गरेको ४७ वस्तु ६ महिनाको अवधिमा करिब साढे २ खर्बको आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार ६ महिनाको अवधिमा विभिन्न ४७ वस्तु मात्रै २ खर्ब ३९ अर्ब ७२ करोड ७६ लाख रुपैयाँको आयात भएको छ । उक्त आयातित वस्तुबाट राज्यले ९९ अर्ब १४ करोड रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

Publish on: