बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या « Eglish Khabarhub

बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या


१ असार २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार बढेसँगै घरजग्गा धितोमा प्रवाह हुने कर्जा पनि निरन्तर बढीरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा बढी कर्जा घरजग्गा धितोमा प्रवाह भएको देखिन्छ । र, यस्तो शिर्षकमा प्रवाह हुने कर्जा लगातार बढीरहेको छ ।

कोरोना महामारीको समयमा पनि उच्च घरजग्गा कारोबार भएकाले मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । अहिले उपत्यकामा सामान्यतया आनाको २० लाखभन्दा कम मूल्यमा जग्गा नपाउने अवस्था सिर्जना भएको छ ।

अवस्था यस्तोसम्म आएको छ कि एक आर्थिक वर्षमै ३० खर्ब रुपैयाँको हाराहारीमा घरजग्गाको कारोबार भएको देखिन्छ । थैलीको मूल्य कम राखेर कारोबार हुने भएकाले घरजग्गाको कारोबारबाट राज्यले मोटो रकम राजस्व गुमाउँदै आएको छ ।

त्यसैले, सरकारले घरजग्गा कारोबालाई कडाइ गर्दै जाने नीति लिएको छ । तर, कडाइ गरेपनि घरजग्गा क्षेत्रमा धितो राखेर कर्जा कर्जा लिनेको रकम भने कम हुन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले गत माघमा घरजग्गा क्षेत्र अनुपात्दक क्षेत्र रहेको निष्कर्ष निकालेको थियो । बजारमा तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदनले उपभोग्य कर्जाअन्तर्गतको अन्य शीर्षकको कर्जा अत्याधिक बढी भएको अनुत्पादक क्षेत्र (घरजग्गा)मा गएको निष्कर्ष निकालेको हो ।

उक्त अध्ययनले घरजग्गा क्षेत्रमा उच्च कर्जा प्रवाह हुँदा बजारमा तरलता अभाव देखिएको उल्लेख थियो । तर, बैंक तथा वित्तीय संस्थाको लगानीकर्ताहरूको साझा संस्थाले अध्ययन गरेर घरजग्गा क्षेत्र अनुत्पादक क्षेत्र उल्लेख गर्दै यस क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गर्नुपर्ने जनाएको थियो ।

‘उत्पादनमुलक क्षेत्रबाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा ब्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा वित्तिय संस्थाहरूलाई नै स्वायत्तता प्रदान गरिनुपर्ने,’ प्रतिवेदनमा उल्लेख थियो ।

सिविफिनको अध्ययनले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिएपनि हालसम्म लागू हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रमा कर्जा प्रवाहसँगै घरजग्गा धितो राखेर कर्जा लिनेको हिस्सा आधाभन्दा बढी छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरसमेत भइसकेका पूर्वअर्थमन्त्र डा. युवराज खतिवडा पनि घरजग्गाको अस्वाभाविक कारोबार भएको बताउँदै सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन् । खतिवडाले आफू गभर्नर हुँदा घरजग्गामा बैंकको लगानीमा सीमा तोक्दै कडाइ गरेका थिए । जसको प्रभावस्वरुप आकासिएको घरजग्गाको कारोबार केही समय मथ्थर भएको थियो । मन्त्री हुँदा पनि खतिवडाले कम्पनीमार्फत् मात्रै घरजग्गाको कारोबार हुनुपर्ने नीतिगत व्यवस्था गरेका थिए । यद्यपि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ २७ गते घरजग्गा धितोमा बैंकले जग्गाको वर्गिकरण गरेपछि मात्रै ऋण दिन पाउने व्यवस्था गरेको छ । जसअनुसार अब कृषियोग्य जमिन धितो राखेर कृषि कार्यका लागि मात्रै र आवासिय घरजग्गा धितो राखेर आवासिय प्रयोजनका लागि मात्रै बैंकबाट ऋण पाइने छ ।

राष्ट्र बैंकअनुसार २०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाबाट सम्पूर्ण क्षेत्रमा वैशाख मसान्तसम्ममा ४७ खर्ब २४ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ घरजग्गा धितोमा कर्जा प्रवाहमध्ये ३१ खर्ब ५८ अर्ब ८३ करोड ७० लाख रुपैयाँ घरजग्गा क्षेत्रमा भएको तथ्याङ्कले उल्लेख गर्दछ । जसमा घरजग्गा क्षेत्रको धितोको हिस्सा ६६.९ प्रतिशत रहेको छ ।

त्यस्तै, गत वर्षको सोही अवधिमा ४० खर्ब ६१ अर्ब ४० करोड ५२ लाख रुपैयाँ धितो कर्जा प्रवाह हुँदा २६ खर्ब ७५ अर्ब २५ करोड ७१ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा प्रवाह भएको थियो । जुन ६५.९ प्रतिशत हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्षको तुलना यो वर्ष १ प्रतिशतले घरजग्गा क्षेत्रमा बढी धितो कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमै बढी लगानी गरेको देखिन्छ ।

त्यस्तै, गत वर्ष ४१ खर्ब ७२ अर्ब ७८ करोड ५० लाख रुपैयाँ धितो कर्जा प्रवाह भएकोमा २७ खर्ब ५६ करोड ४९ करोड २७ लाख रुपैयाँ घरजग्गामा प्रवाह भएको थियो । जसमा घरजग्गाको हिस्सा ६६ प्रतिशत थियो ।

साथै, आर्थिक वर्ष २०७६/७७ मा ३२ खर्ब ६६ अर्ब १ करोड १९ लाख रुपैयाँ धितो कर्जा प्रवाहमध्ये २१ खर्ब ४६ अर्ब २२ करोड २५ लाख रुपैयाँ प्रवाह भएको थियो । जुन ६५.७१ प्रतिशत हिस्सा हो ।

विदेशतिर परियोजना धितो राखेर बैंकबाट ऋण लिन सकिन्छ । तर, नेपाल राष्ट्र बैंकले परियोजना धितो राखेर ऋण दिने व्यवस्था गर्न नसक्दा जग्गाजमिन नहुनेहरु बैंकबाट ऋण पाउन बञ्चित हुँदै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ००:००  १२ : ४८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping