![](https://internal.appharu.com/wp-content/uploads/2022/07/sherbahadur-tamang2022-06-23-02-17-00-768x402.jpeg)
काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले निजीकरण गरिएका उद्योगका विषयमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै तामाङले भने, ‘निजीकरण गरिएका ४ दर्जन उद्योगको अवस्थाबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दछु ।’
उनका अनुसार ४ दर्जनभन्दा बढी उद्योग निजीकरण गर्दा पनि अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा कम भएको बताए ।
‘२०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारको बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरण नीति हुबहु अनुसरण गरी डीएफआईडीको सहयोगमा ४ दर्जनभन्दा बढी उद्योग निजीकरण गरियो,’ उनले भने, ‘निजीकरणपछि औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा तल झरेको छ र ८० लाखभन्दा बढी नेपाली विदेशी गएका छन् । यस विषयमा संसदीय समिति गठन गरी छानबिन गरियोस् ।’
SHARE YOUR THOUGHTS