कोरोनासँगै स्वदेशी लगानीका साना उद्योगमा बहार, १३१५% वृद्धि हुँदै ३० अर्ब ४५ करोडको प्रतिवद्धता « Eglish Khabarhub

कोरोनासँगै स्वदेशी लगानीका साना उद्योगमा बहार, १३१५% वृद्धि हुँदै ३० अर्ब ४५ करोडको प्रतिवद्धता


१८ श्रावण २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि मुलुकको अर्थतन्त्रमा गम्भिर असर शुरु भयो । आफ्नै गतिमा चलिरहेका साना ठूला व्यवसाय एकाएक बन्द भए ।

आर्थिक गतिविधि नभएपछि साना ठूला उदोग व्यवसायहरुमा गम्भिर असर गर्यो । कतिपय साना तथा मझौला उद्योग व्यवसायहरु सधैका लागि बन्द भए ।

साना तथा ठूलो उद्योग व्यवसाय बन्द भएपछि हजारौंले रोजगारी पनि गुमाए । विदेश जाने युवाहरु पनि अलपत्र परे ।

कोरोना महामारीले आर्थिक संकट ल्याएपनि यहीबेलामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने चेतना बढेको देखिन्छ । कोरोना संक्रमण शुरुपछिको पहिलो दुई वर्षमा साना उद्योग व्यवसायमा थपिएको उत्साह यस्तै संकेत गर्छ ।

उद्योग विभागको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण शुरु भएपछिको पछिल्लो दुई वर्ष (२०७६ चैत ११ गतेदेखि २०७८ चैत ११)मा दर्ता भएका १०४ साना उद्योगमा ३० अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने गर्ने उल्लेख छ ।

यो अघिल्लो सोही अवधिको दुई वष (२०७४ चैत ११ देखि २०७४ चैत ११को तुलनामा १ हजार ३१५ प्रतिशतले बढी हो । त्यसअघिको दुई वर्षमा २ अर्ब १५ करोड १४ लाख रुपैयाँ बराबर लगानी गर्ने प्रतिवद्धता जनाइएको छ ।

त्यस्तै, यी उद्योगहरुमा ६ हजार ३३२ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

नेपालमा २०७६ चैत ११ गतेदेखि पहिलो लकडाउन पटक लकडाउन घोषणा भयो । उक्त लकडाउनपछि २०७८ चैत ११ गतेसम्मको दुई वर्षको अवधिमा १०४ वटा साना उद्योग व्यवसाय दर्ता भएका छन् ।

यो त्यसअघिको सोही अवधिको दुई वर्षको तुलनामा ३९५ प्रतिशतले बढी हो । विभागको तथ्यांकअनुसार २०७४ चैत ११ देखि २०७४ चैत ११ सम्म मुलुकमा २१ वटा साना उद्योग व्यवसायहरु दर्ता भएका छन् ।

नेपाल औद्योगिक व्यवसाय ऐन, २०७६ ले १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई साना उद्योगमा बर्गिकरण गरेको छ ।

पछिल्लो दुई वर्षमा सबैभन्दा धेरै साना उद्योग उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन् । यी दुई वर्षमा यस क्षेत्रमा ६० वटा उद्योग दर्ता हुँदै ९ अर्ब १० करोड ५९ लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ । साथै, यी उद्योगमा ३ हजार ७ सय ८३ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ ।

त्यसपछि धेरै उद्योग सेवा क्षेत्रमा आएका छन् । सेवा क्षेत्रमा १४ वटा उद्योग दर्ता हुँदै १६ अर्ब २२ करोड ८४ लाख रुपैयाँ लगानी गरेर ७३२ जनालाई रोजगारी दिने प्रतिबद्धता जायर गरिएको छ ।

सेवापछि धेरै उद्योगहरु पर्यटनमा १३ वटा दर्ता भएका छन् । यी उद्योगमा १ अर्ब ५१ करोड रुपैयाँ लगानी गर्ने उल्लेख छ ।

कृषि तथा वनपैदावारमूलक क्षेत्रमा ११ वटा साना उद्योग दर्ता भएका छन् । यस क्षेत्रमा १ अर्ब ७१ करोड ७१ लाख रुपैयाँ लगानी गरेर ७४३ जनालाई रोजगारी दिने उल्लेख छ ।

त्यसबाहेक उर्जा, आइसीटी, सूचना प्रविधि, पूर्वाधारमा एक एक उद्योग दर्ता भएका छन् भने मिनेरलम २ वटा उद्योग दर्ता भएका छन् ।

समग्रमा हेर्दा पछिल्लो दुई वर्ष (२०७६ चैत ११ गतेदेखि २०७८ चैत ११) ३१९ वटा उद्योग दर्ता भएका छन् । जबकी, यसअघिको उक्त समयमा (२०७४ चैत ११ देखि २०७४ चैत ११) ३१७ वटा उद्योग दर्ता भएका थिए ।

पछिल्लो दुई वर्षमा साना र मझौला उद्योगको दर्ता धेरै छ । मझौला उद्योग १०६ र ठूला उद्योग १०९ वटा दर्ता भएका छन् ।

त्यसअघिको दुई वर्षमा मझौला १४४ र ठूला उद्योग १५२ वता दर्ता भएका थिए ।

१५ देखि ५० करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा माथिको लागि भएमा ठूला उद्योगमा पर्छने । त्यस्तै, २० लाख रुपैयाँसम्मको स्थिर पुँजी भएको उद्योगलाई भने लघु उद्योगमा राखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ००:००  ६ : ५४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping