नेपालमा रेल सेवा सञ्चालन गर्न इन्डोनेसियाले चासो देखायो « Eglish Khabarhub

नेपालमा रेल सेवा सञ्चालन गर्न इन्डोनेसियाले चासो देखायो


२४ मंसिर २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

railway

काठमाडौं  । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

मन्त्री डा महतले आज इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा महतले फोरममार्फत विश्वका कैयौँ देशलाई आमन्त्रण गरी प्रजातन्त्रका बारेमा छलफल र आफ्ना अनुभवको आदानप्रदान गर्ने अवसर प्रदान गर्नुभएकामा धन्यवाद ज्ञापन गरे । इन्डोनेसियाली विदेशमन्त्री मर्सुदीले दुवै देश संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा कार्यरत रहेको स्मरण गर्दै राष्ट्र सङ्घमा दुवै देशको योगदानको चर्चा गरे ।

उक्त भेटमा नेपालमा रेल सेवाका लागि इन्डोनेसिया सरकारले प्रक्रिया सुरु गर्न लागेका विषयमा मन्त्री मर्सुदीले चासो व्यक्त गरेका थिए । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए ।

त्यसैगरी आजै मन्त्री डा. महतसँग मालदिभ्सका विदेशमन्त्री डा मोहम्मद असिमले पनि शिष्टाचार भेट गरे । भेटका क्रममा उहाँहरुबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अवरुद्ध प्रक्रियालाई अघि बढाउने विषयका साथै द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७३, शुक्रबार ००:००  ७ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping