काठमाडौंमा गाडी चलाउँदै हुनुहुन्छ ? ध्यान दिनुस्, यी ठाउँ ‘वान वे’ भइसके

काठमाडौंमा गाडी चलाउँदै हुनुहुन्छ ? ध्यान दिनुस्, यी ठाउँ ‘वान वे’ भइसके

पुष्प दुलाल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा वन वे ‘एकतर्फी सडक’ थपेको छ ।

ट्राफिक जामलाई नियन्त्रण गर्न काठमाडौंका विभिन्न सडकलाई एकतर्फमिात्रै प्रयोग गरिने व्यवस्था गरिएको हो ।

चार पांग्रे तथा दुई पांग्रे सवारी साधनले आफ्नो मन खुसी सडकमा सवारी चलाउन नपाइने भएको छ ।

ट्राफिकले मैतीदेवी चोकबाट मन्दिरतर्फ जाने बाटोलाई वान वे बनाएको छ । त्यसैगरी, खिचापोखरीबाट एभरेष्ट बैंक र सातदोबाटोबाट चापागाउँ मोडतिर जाने बाटोलाई पनि वान बे नाएको हो ।

त्यसैगरी, स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमडोल हुँदै जान पाइने तर स्वयम्भू चोकबाट किमडोल हुँदै छाउनीतर्फ जाने बाटोलाई पनि वान बे बनाएको हो । चारखालबाट बाटुलेघरतर्फको बाटोलाई पनि वान वे बनाएको छ ।

त्यस्तै, राष्ट्रपति कार्यालय पर्खालको बाटोमा हेवी सवारी साधनको प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ।

कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाडौंतर्फ आउन गल्लीको बाटो मात्रै प्रयोग गर्न पाइने छ।

दायाँ मोड्न पनि निषेध

त्यस्तै राजधानीका विभिन्न स्थानमा दायाँ मोड्न निषेध गरिएको छ। छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघाराी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालो र एयरपोर्टबाट सिनामंगलतर्फ दायाँ मोड्न निषेध गरिएको छ।

त्यसैगरी, त्रिपुरेश्वरदेखि कालिमाटी सडकसम्मको कनक पेट्रोल पम्प, नयाँ बाटो र माइतिघरदेखि कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा पनि दायाँ मोड्न पाइने छैन ।

नयाँ बानेश्वरबाट पुरानोबानेश्वर-भिमसेनगोला जान पाइने छैन ।

कान्तिपथको ज्याठा गल्ली, कानदेवतास्थान, हनुमानस्थान, इनारमोड, बखुल्डोल, दमकल मोडमा दायाँ मोड्न निषेध गरिएको प्रहरीले जनाएको छ ।