काठमाडौं । गुडविल फाइनान्सले ९ करोड ६० लाख खुदनाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय बिबरण अनुसार उक्त नाफा कमाएको हो ।
कम्पनीले अघिल्लो बर्षको तुलनामा ८० प्रतिशत भन्दा बढी नाफा आर्जन गरेको हो । उसले अघिल्लो बर्ष ५ करोड ८६ लाख खुदनाफा आर्जन गरेको थियो ।
४ अर्ब ६५ करोड निक्षेप संकलनगरी ३ अर्ब ७१ करोड कर्जा प्रबाह गरेको कम्पनीले यस अबधीमा खुद व्याज आम्दानी १५ करोड ४४ लाख रुपैयाँ गरेको छ ।
SHARE YOUR THOUGHTS