काठमाडौं । कृषि विकास बैंकले २ अर्ब ७७ करोड खुदनाफा आर्जन गरेको छ । बैकले सार्वजानिक गरेको आर्थिक बर्ष २०७३/०७४को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले उक्त नाफा गरेको देखिएको हो ।
सरकारी स्वामित्वको यस बैंकले अघिल्लो बर्षको तुलनामा खराब कर्जामा निकै सुधार गरेको छ ।
अघिल्लो आबमा ४.३६ प्रतिशत खराबकर्जा रहेकोमा अहिले घटेर २.९७ प्रतिशतमा झरेको हो ।
मुल्य आम्दानी अनुपात (आरओई) १२.५८ रहेको बैंकको प्रतिसेयर आम्दानी ३४.५८ रुपैयाँ रहेको छ ।
कर्जा निक्षप अनुपात (सिसिडी रेसियो) ६२.३९ प्रतिशतमात्र रहेको बैंकले गत आबको अन्त्यसम्ममा ९९ अर्ब ९५ करोड निक्षेप संकलनगरी ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ ।
११ अर्ब व्याज आम्दानी गरेको बैंकले निक्षेपकर्तालाई ४ अर्ब ब्याज भुक्तानी गरेको छ ।
SHARE YOUR THOUGHTS