नेपालको एयरलाइन्स बिजनेशमा चीन पहिलो, भारतीय ३ कम्पनीले उडानगर्दा चिनियाँ ६ « Eglish Khabarhub

नेपालको एयरलाइन्स बिजनेशमा चीन पहिलो, भारतीय ३ कम्पनीले उडानगर्दा चिनियाँ ६




काठमाडौं । चीनबाट नेपाल भ्रमणमा आउने पर्यटक बढेसंगै नेपाल तर्फ आउने चिनियाँ बिमान कम्पनीहरु पनि बढ्दै गएका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्समा भारतबाट आउने भन्दा चीनतर्फ बाट आउने एयरलाइन्स दोव्वरले बढी भएको छ । सन् २०१७ को पहिलो ६ महिनमा चीनबाट ५२ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

चीनमा आन्तरिक उडान भर्दै आएको तिव्वत एयरलाइन्सले मंगलबार देखि छेन्दू-काठमाडौं-छेन्दू सिधा उडान सुरु गरेसंगै काठमाडौंमा उडान भर्ने चिनियाँ विमान कम्पनी ६ वटा पुगेको हो ।

मंगलबारदेखि छेन्दूबाट तिब्बत एयरलाइन्सले उडान सुरुगरेपछि अव काठमाडौंमा चिनियाँ ध्वजाबाहक जहाज ६ वटा पुगेको छ ।

यसैगरी भारतबाट आउने एयरलाइन्स संख्या ३ वटा मात्रै रहेको छ । हाल चीनको ल्हासा र छेन्दूबाट दैनिक एयर चाइना, कुन्मिङबाट चाइना इस्टर्न, ग्वाङजाउबाट चाइना साउर्दन, ल्हासा र छेन्दूबाट सिचुवान र हङकङबाट ड्रयागन सहित ५ वटाले उडान भर्दैै आएका छन् ।

मंगलबारदेखि छेन्दूबाट तिब्बत एयरलाइन्सले उडान सुरुगरेपछि अव काठमाडौंमा चिनियाँ ध्वजाबाहक जहाज ६ वटा पुगेको छ ।

यता भारतबाट कोलकत्ता र नयाँ दिल्लीबाट एयर इन्डिया, दिल्लीबाट इन्डिगो र मुम्बई तथा दिल्लीबाट जेट एयरले उडान भर्दै आएको छ ।

मंगलबार बाट उडान थालेको तिव्वत एयरलाइन्सले गत असार ५ गते आधारभूत प्रामाणिक उडान सम्पन्न गरेको थियो ।

एयरलाइन्सले सातामा ४ वटा उडान भर्ने लक्ष्य लिएको छ । एयरलाइन्सले सोमबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने एयरलाइन्सको आधिकारिक बिक्रेता हिमालय एयरलाइन्सले जनाएको छ ।

एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चिन भित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।

दुई देशबाट नेपाल आउने एयरलाइन्स

चीनबाट नेपाल आउने भारतबाट नेपाल आउने
एयर चाइना एयर इन्डिया
चाइना इस्टन इन्डिगो एयर
चाइना साउर्दन जेट एयर
सिचुवान एयरलाइन्स
ड्रयागन एयर
तिव्वत एयरलाइन्स

Publish on: