काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन गरेका हुन् ।
‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’
प्रधानमन्त्रीले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्त्रणमा सरकारले जुनसुकै पनि सहयोग गर्न तयार रहेको बताउदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई नागरिक समाजलाई समेत अपिल गरेर अघि बढ्न पनि निर्देशन गरे ।
प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा गृह मन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए । गृहमन्त्रीले मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको व्रिफिङ गरेका थिए ।
बैठकमा नेपाली सेनामा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिईसकेको बताउदै मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्दार टोली खटाईएको जानकारी गराए ।
SHARE YOUR THOUGHTS