काठमाडौं उपत्यका बाहिर मोबाइल एसएमएस सेवा नि:शुल्क « Eglish Khabarhub

काठमाडौं उपत्यका बाहिर मोबाइल एसएमएस सेवा नि:शुल्क



काठमाडौं । काठमाडौं उपत्यका बाहेक जिल्लामा सबै मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् ।

सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर अहिलेको समयमा केही दिनलाई उपत्यका बाहेक सबै जिल्लामा निशुल्क एएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

यस्तो व्यवस्था केही दिनको लागि हुने छ ।

यसैबीच नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभाग बीच जल तथा मौसम जन्य विपत सम्बन्धि पूर्व सूचना मोबाइल मार्फत एसएमएस पठाउने सम्झौताअनुसार अाइतवारदेखि विपत प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि  समूहगत रुपमा एसएमएस निशुल्क पठाउन सकिने व्यवस्था गरेको छ ।

टेलिकमले यो सेवा साउन ३१ गतेसम्म दिने जनाएको छ ।

Publish on: