२९ मंसिर २०८२, आइतबार

नेपाल लाइफले दियो बीमितको परिवारलाई २४ घण्टा भित्रै दाबी रकम


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन भएका सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व.श्रीमती दुर्गा कुमारी खड्का का परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो ढंगले सम्पन्न गरि आममानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप २०७४ साउन २८ गते निधन भएका व्यक्तिको परिवारलाई २४ घण्टामै रकम हस्तान्तरण गरेको हो ।

उक्त मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक श्री बिरोध भट्टले मृतकका श्रीमान उदय बहादुर खड्का लाई प्रदान गरे । स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा रु.२४,३०४ मात्र बीमाशूल्क बुझाएकी थिइन् ।