हवाई इन्धन डिपो सार्न विमानस्थलको दबाब, निगमको अटेरी « Eglish Khabarhub

हवाई इन्धन डिपो सार्न विमानस्थलको दबाब, निगमको अटेरी


१ आश्विन २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धनको डिपो सार्न आनाकानी गर्दै आएको छ। डिपो सार्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पटक-पटक पत्राचार गरे पनि निगमले कुनै चासो देखाएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले हाल रहेको हवाई इन्धनको डिपो सार्न निगमलाई पटक-पटक पत्राचार गरेको छ । आयोजना निर्देशनालयले पछिल्लो पटक असार ३ गते निगमलाई पत्राचार गरेको थियो ।

यसअघि २०७० साउन ११ गते पनि विस्तृत जानकारीसहित उक्त हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न आयोजना निर्देशनालयले निगमलाई पत्राचार गरेको थियो ।

‘आयोजनाले एक वर्षदेखि निगमलाई डिपो सार्न पत्राचार गरेको हो,’ आयोजना निर्देशक दिपेन्द्र श्रेष्ठले भने, ‘हामी आफ्नो तर्फबाट द्रुतगतिमा काम गरिरहेका छौं तर निगमबाट हालसम्म गृहकार्य अघि बढेको छैन ।’

विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागिएको छ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवेनजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।

ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।

अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ । तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घना बस्तीसमेत ठूलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ ।

‘समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ती दुवैको भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन सकिन्छ ।’

उनका अनुसार यो विषयमा निगमका अधिकारी सम्मिलित टोलीसँग एक-दुई पटक बैठक पनि बसेको छ । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवननजिकै अहिलेको हवाई इन्धन डिपो सार्न मास्टर प्लानअनुसार जग्गा उपलब्ध गराइएको उनले बताए ।

उक्त स्थानमा करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । त्यहाँ खाल्डो भएकाले माटो पुरेर नयाँ डिपो निर्माण गर्न सकिने श्रेष्ठले बताए । मास्टर प्लानले फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो निर्माण गर्नुपर्ने योजना तयार पारेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा हुने भएकाले उक्त स्थानमा फ्युल डिपो सार्न आयोजनाले निगमलाई पत्राचार गरिएको हो । मास्टर प्लानअनुसार विमानस्थलको उत्तर-पश्चिम क्षेत्रमा विमानस्थलको अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ निर्माण कार्य भइरहेको छ । उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘अबको करिब ५ महिनामा टेन्डर आह्वान गरी डिपो निर्माण कार्य अघि नबढाए हामीलाई भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउन समस्या आइपर्छ,’ श्रेष्ठले भने ।

डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय विमानको भयानक दुर्घटना भएको थियो । टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज दुर्घटना भएको हो ।

टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुन सक्थ्यो । ‘भवितव्यबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न डिपो सार्न भनिएको हो,’ स्रोतले भन्यो ।

डिपो सार्न आवश्यक अध्ययन गर्ने तयारीमा छौंः निगम

नेपाल आयल निगमले उक्त विषयमा सरोकारवाला निकायसँग करिब दुईपटक छलफल भएको स्वीकार गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले नयाँ स्थानमा डिपो सार्न जग्गा आवश्यक पर्ने बताए ।

साथै, दैनिक कारोबार कति परिमाणमा हुनेलगायतका वैज्ञानिक अध्ययनका आधारमा मात्रै सार्ने योजनालाई मूर्त रुप दिन सकिने उनले बताए ।

‘आयोजनाले डिपो सार्न पत्राचार पनि गरेको हो, दुई पटकजति छलफल पनि भएको हो,’ ठाकुरले भने, ‘तर तत्कालै हुने काम होइन यो । उच्च प्रज्जवलनशील पदार्थ भएको, नजिकै ठूलो बस्ती र जहाजहरु रहने भएकाले सबै पक्षसँग गम्भीर अध्ययन गरेपछि मात्रै कसरी कहाँ सार्ने कुरा हुन्छ ।’

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ३ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping