हवाई टिकटमा लागेको कर मंगलबारदेखि कार्यान्वयन, चार महिना अघिदेखिकै तिर्नुपर्ने ! « Eglish Khabarhub

हवाई टिकटमा लागेको कर मंगलबारदेखि कार्यान्वयन, चार महिना अघिदेखिकै तिर्नुपर्ने !


८ आश्विन २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले मंगलबार (सेप्टेम्बर २६)बाट टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने भएका छन् ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषणा गरेको हवाई टिकटमा लागेको कर कार्यान्वयन गर्न नेपालका सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनी तयार भएका हुन् ।

बजेटको व्यवस्थाअनुसार आन्तरिक वायुसेवाले भने साउन १ देखि नै कर तिर्न थालेका थिए । यस्तो कर तिर्ने विषयमा अन्तर्राष्ट्रिय उडानका वायुसेवा भने अव्यावहारिक व्यवस्था भन्दै सरकारविरुद्ध अदालत गएका थिए ।

सर्वोच्च अदालतले साउन १४ मा हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेश तीन साताअघि खारेज भएको थियो । व्यवसायीले गरेको माग अदालतको आदेशबाट खारेज भएपछि आन्तरिक राजस्व विभागलाई हवाई टिकटमा कर लगाउने बाटो खुला भएको थियो ।

नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवाले आवश्यक तयारीपछि मंगलबारबाट हवाई टिकटमा कर लगाउने विषयमा अन्तिम तयारी भइरहेको बोर्ड अफ एयरलाइन्स रिप्रिजेन्टेटिभ इन नेपाल (बार्न)का अध्यक्ष टंकनिधि दाहालले जानकारी दिए । नेपालमा सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाहरूको छाता संस्था बार्नका अनुसार नेपालबाट बाहिर जाने सबै वायुसेवा हवाई टिकटमा भ्याट लगाउन तयार भएका छन् ।

यस्तो भ्याट लगाउन विभिन्न वायुसेवामा एउटै संकेत (कोड) हुने र वायुसेवाले जारी गर्ने सबै प्रकारका हवाई भाडामा भ्याट थप हुने भएको छ । उक्त कोड अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)बाटै तय भएर आउने नेपाल वायुसेवा निगमका कमर्सियल विभागका निर्देशकसमेत रहेका दाहालले जानकारी दिए ।

महँगिदै विदेश यात्रा

सरकारले भ्याट अनिवार्य गरेकाले अब सबै वायुसेवाले टिकट जारी गर्दै आयटाले दिने भ्याटएड नामको कोडबाट सरकारलाई १३ प्रतिशत राजस्व तिर्नेछन् । यस्तो भ्याट वायुसेवा कम्पनीले लागू गरेकै दिनबाट अन्तर्राष्ट्रिय उडानको भाडा पनि १३ प्रतिशतले नै बढ्नेछ । हवाई टिकटमा भ्याट लागेपछि नेपालबाट हुने सबै विदेश यात्रा महँगिने भएको छ ।

हवाई टिकटेमा कर लगाएर नेपाललाई अन्तर्राष्ट्रिय रूपमै महँगो गन्तव्य बनाउन नहुने तर्क ट्राभल व्यवसायीले गर्दै आएका छन् ।  पर्यटकका लागि नेपाल महँगो गन्तव्य किन बनाउने र अहिलेसम्म भ्याट फ्रि क्षेत्र भएकाले हवाई टिकटमा कर लाग्न नहुने तर्क सम्बन्धित वायुसेवा कम्पनी तथा ट्राभल व्यवसायीले गर्दै कर तिर्न आनाकानी गरिरहेका थिए । सर्वोच्चले व्यवसायीको माग खारेज गरिदिएछि भने बाध्य भएर करको दायरामा हवाई व्यवसायी आउनुपरेको हो ।

चार महिना अघिदेखिकै कर तिर्नुपर्ने

बजेटको व्यवस्थाअनुसार हवाई यातायातमा असार १६ देखि नै कर लागिसकेको छ । जेठ १५ मा आएको बजेटले गरेको नयाँ कर व्यवस्था एक महिनापछि कार्यान्वयन हुने भएकाले हवाई टिकटमा कानुनतः असार १६ देखि नै कर लागेको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उनका अनुसार सरकारले लगाएको कर व्यवसायीले नै तिर्न आनाकानी गरेर ढिलो गरेका हुन् । उनीहरूले नै यो विषयलाई अदालतसम्म पुर्‍याएका थिए । अदालतले ३ साताअघि माग खारेज गरिदिएपछि व्यवसायी करको दायरामा आउन लागेका हुन् । मैनाली भन्छन्, ‘कानुनअनुसार हवाई टिकटमा करिब ४ महिना अगाडिबाटै कर लागेको हुनाले सोही मितिदेखिकै तिर्नुपर्ने हुन्छ।’

व्यवसायी कर तिर्न आउन थालेपछि तिर्नुपर्ने मिति र तिर्नुपर्ने कर पूरा आए-नआएको मूल्यांकन हुने विभागको भनाइ छ । कानुनले तोकेअनुसार कर नआएको अवस्थामा के गर्ने भन्ने विषयमा पनि थप छलफलबाट आउने निष्कर्षलाई नै अन्तिम रूप दिन सकिने मैनालीले बताए ।

नेपाल एसोसिएसन अफ एन्ड टुर ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पनि अदालतले व्यवसायीको माग नै खारेज गरेका कारण अब कर तिर्ने विषय पन्छाउन नसकिने बताए । थापाले भने, ‘कर कसरी तिर्ने ? कुन भाडादरमा लाग्ने भन्ने विषयमा आयाटाले तय गर्ने कोड आएपछि मात्रै भन्न सकिन्छ तर अब कर भने तिर्न वायुसेवा कम्पनी तयारी अवस्थामा छन् ।’

सरकारले भ्याट लगाएको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । सोही व्यवस्थाअनुसार असार १६ बाटै सरकारले लगाएको हवाई टिकटको भ्याट कार्यान्वयन हुनुपर्ने भए पनि व्यवसायीले नै विवाद गरेका कारण ढिलो भएको हो ।

हवाई टिकटमा कर लागेपछि भने नेपाल विश्वकै महँगो गन्तव्य हुन पुग्ने दाबी ट्राभल व्यवसायीको छ । हवाई टिकटमा भ्याट लगाउनेबित्तिकै अहिले भइरहेको टिकटमा १३ प्रतिशत भ्याट, अर्को १३ प्रतिशत टुर प्याकेजमा, २ प्रतिशत विलासिता कर र वार्षिक १० प्रतिशतको मूल्यवृद्धिसहितका कारण नेपाल महँगो गन्तव्यमा पर्ने दाबी व्यवसायी गरेका छन् ।

विभागले हवाई टिकटमा कर लगाउन असार ११ मा सूचना जारी गरेको थियो । सूचनाअनुसार व्यवसायीले कर तिर्न नआए पनि साउन ४ मा हवाई सेवामा मूल्य अभिबृद्धि करसम्बन्धी कार्यविधि जारी गरेको थियो ।

कार्यविधिले दुईतर्फी हवाई टिकट जारी गर्दा नेपालमा विदेशबाट आउँदा भ्याट नलाग्ने उल्लेख छ । नेपालबाट बाहिरिँदाको हकमा भने अनिवार्य भ्याट तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ००:००  ६ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping