विमानस्थलको ‘हवाई इन्धन डिपो’ सार्न अध्ययन समिति « Eglish Khabarhub

विमानस्थलको ‘हवाई इन्धन डिपो’ सार्न अध्ययन समिति


१६ आश्विन २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्ने बिषयमा अध्ययन समिति बनाएको छ ।

निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका इन्जिनियर सुरज साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाइएको हो । निगमको प्रवक्ता मनोज ठाकुरकाअनुसार निगम सञ्चालक समितिले चालु आर्थिक वर्षको लागि स्वीकृत गरेको नीति तथा कार्यक्रमअन्तर्गत डिपो सार्ने योजनाका लागि यो समिति गठन गरिएको हो ।

समितिमा आपूर्ति तथा वितरण विभागका उपनिर्देशक इन्जिनियर मनोजकुमार ठाकुर, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका उपनिर्देशक इन्जिनियर भरत रेग्मी, हवाई इन्धन डिपो सिनामंगलका प्रमुख इन्जिनियर प्रदिपकुमार यादबलाई राखिएको छ । यस्तै सदस्य सचिवमा इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका प्रवन्धक इन्जिनियर रामप्रसाद बन्जारा छन् ।

निगमका प्रवक्ता ठाकुरकाअनुसार समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक सहकार्य गरी नागरिक उड्डयन प्राधिकरणले तयार गरेको गुरुयोजना (मास्टर प्लान) अनुसार नयाँ डिपो निर्माणको लागि प्रस्तावित निर्माण स्थल यकिन गर्ने जिम्मेबारी तोकिएको छ ।

यस्तै मास्टर प्लानअनुसार अहिले उपलब्ध गराउने भनिएको जग्गाको स्थान तथा क्षेत्रफल उपयुक्तताको पहिचान गर्ने र नागरिक उड्डयन प्राधिकरणको तर्फबाट तयार भएको मास्टर प्लानको आधारमा प्रस्तावित ‘डिपो ड्रइङ डिजाइन’को आधारमा भौतिक संरचनाको बारेमा अध्ययन गरि प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । समितिलाई अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन उपलब्ध गराउन समयसीमा दिइएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना अन्तर्गतको गुरुयोजनामा उल्लेख भएअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरी हालको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने कार्यको प्रक्रिया अघि बढाउने विषय नीति तथा कार्यक्रममा समावेश गरेको थियो । विमानस्थलमा रहेको हवाई इन्धनको डिपो सार्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पटक पटक पछिल्लो दुई बर्षदेखि निगमलाई पत्राचार गर्दैआएको थियो ।

त्रिभुवन विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरि फराकिलो र सुरक्षित बनाउन लागिएको छ ।फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वे बीचको दुरी १७२.५ मिटर कायम गर्नुपर्ने मापदण्ड तोकेको छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधि क्षेत्रफल हटाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने योजना मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपो भएको सम्पूर्ण संरचना हटाउनुपर्ने उल्लेख छ । ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपको लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।

अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगटने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तर नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पुरा नहुने औल्याइएको छ । तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा, उडान, सुरक्षाका साथै वरपरका घना वस्तीसमेत ठूलो जोखिममा पर्न सक्ने भन्दै आयोजनाले निगमलाई उक्त डिपो हस्तान्तर गर्न पत्राचार गर्दैआएको थियो ।

‘समानान्तर ट्याक्सी वे (प्यारालल ट्याक्सी वे) र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ति दुवैको भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन सकिन्छ । डिपो राखिएको क्षेत्र खाली नहुँदा समानान्तर ट्याक्सी वे (प्यारालल ट्याक्सी वे) र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न ढिलाई भएको हो ।’

उनकाअनुसार यो बिषयमा निगमको अधिकारी सम्मिलित टोलीसँग एक दुई पटक बैठक पनि बसेको हो । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवन नजिकै अहिलेको हवाई इन्धन डिपो सार्न मास्टर प्लानअनुसार जग्गा उपलब्ध गराइएको उनले बताए ।

निगमका अनुसार विमानस्थलमा ७६ लाख ४० हजार लिटर क्षमताको हवाई इन्धनको डिपो छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडो छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार ००:००  २ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping