काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले नेपालको कुनै पनि क्षत्रमा लगानी गर्ने यो उपयुक्त समय रहेको बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू भारतीय उद्योग परिसंघ भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यवसायिक संस्था एसोचेम द्वारा संयुक्तरूपमा नयां दिल्लीमा आयोजित नेपाल भारत व्यवसायिक फोरम बैठकलाई नेपाली निजी क्षेत्रको तर्फबाट बेल्दै अध्यक्ष भवानी राणाले यस्तो बताएकी हुन् ।
सम्बोधनमा अध्यक्ष राणाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी हुन् । राणाले नेपालमा संचालित भारतीय संयु्क्त लगानीका कम्पनीहरुले निकै धेरै नाफा कमाईरहेको उदाहरण समेत दिएकी थिइन् ।
नेपालका लागि यतिखेर बाह्य लगानी तथा प्रविधिको अत्यन्त खांचो रहेको बताउँदै अध्यक्ष राणाले नेपालमा यो समय, लगानीको लागि निकै उपयुक्त रहेको जानकारी दिएकी थिइन् ।
भारतसंगको व्यापार घाटा नेपालको लागि प्रमुख चासोको विषय भए पनि दुवै देशको व्यापार आयतन निरन्तर बढीरहेको र आर्थिक तथा व्यापारिक आधारहरू समेत मजवुत हुंदै गएकाले नेपालले भारत सरकार तथा निजी क्षेत्रबाट समेत बढी भन्दा बढी लगानीको अपेक्षा आफुहरुले गरेको उनको भनाई थियो ।
यो नेपालमा लगानीको सही समय भएकोले नेपालमा पर्याप्त लगानी गरी दुवै देशका जनताहरूलाई लाभान्वित बनाउन भारतीय लगानीकर्ताहरूलाई उनको आग्रह थियो ।
अध्यक्ष राणाले सरकारले दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रमलाई अगाडी बढाएको, लगानी आकर्षणका लागि आवश्यक ऐनहरू जस्तो औद्योगिक व्यवसायिक ऐन, कम्पनी ऐन, श्रम तथा सामाजिक सुरक्षा ऐनहरू पारित भैसकेको जानकारी भारतीय व्यवसायीलाई दिएकी थिइन् ।
जलविद्युत, पूर्वाधार निर्माण तथा उत्पादमूलक क्षेत्रमा ठूलोमात्रामा लगानी वृद्धि भैरहेको छ । गएको वर्ष सम्पन्न नेपाल लगानी वर्षमा करिव १४ खर्वको वैदेशिक लगानीको प्रतिबद्धतामा आएको छ । हालैमात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनले नेपालमा ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि करिव ५०० मिलियन अमेरिकी डलर लगानीको स्वीकृत गरिसकेको छ । यसले समग्रमा नेपालमा वैदेशिक लगानीको वातावरण तीव्ररूपमा बन्दै गएको संदेश दिएको छ अध्यक्ष राणाको दाबी थियो ।
SHARE YOUR THOUGHTS