गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न « Eglish Khabarhub

गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न




काठमाडौं । गल्फ लुब्रिकेन्ट्सको नेपालस्थित आधिकारीक विक्रेता नेपाल ल्युव आयल र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अतिथि नेपाल निर्माण व्यवसाहि महासंघका वरिष्ट उपाध्यक्ष विष्णु भाई श्रेष्ठ, नेपाल हेभी इक्यिुपमेन्टका व्यवसाहि महासंघका उपाध्यक्ष उमाकान्त शर्मा, नेपाल अटो मेकानिक्स व्यवसयी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने, एभ ट्रेडिङका संचालक मधुसूदन सिग्देल, नेपाल ल्युव आयल लिमिटेडका सहायक म्यानेजर दिवाकर मिश्रको उपस्थिति थियो । साथै, विभिन्न अटो मेकानिक्स व्यवसायीहरुको सहभागिता थियो ।

सो अवसरमा आर्थिक वर्ष २०७३/७४ मा सवैभन्दा धेरै गल्फ लुव्रिकेन्ट्स विक्री वितरण गर्ने विक्रेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कार अभि ट्रेड लिंकका संचालक गोबिन्द काफ्लेले सुजुकिको अल्टो कार, एस एण्ड एस अटोका सुजन श्रेष्ठले बुलेट ३ सय ५० सिसिको वाईक, र धनश्रि अटो केयरले होण्डा एभिएटर पाएका थिए । उनीहरुलाई उक्त कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

२ सय भन्दा बढि रिटेलरको सहभागि रहेको थियो ।

Publish on: