![](https://internal.appharu.com/wp-content/uploads/2023/11/dollar-768x421.jpg)
काठमाडौं । बुधबार ऐतिहासिक उचाइमा पुगेको अमेरिकी डलरको भाउ बिहीबार (आज) भने केही कम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको बिक्री दर नेपाली रुपैयाँसँगको तुलनामा डलर १३३ रुपैयाँ ६२ पैसा छ । बुधबार १३३ रुपैयाँ ६८ पैसा थियो ।
मंगलबारको तुलनामा ०.०३ पैसाले बढेर बुधबार डलर १३३ रुपैयाँ ६८ पैसामा बिक्री भएको थियो । अमेरिकी डलरको मूल्यमा बिहीबार ०.०६ पैसाले कमी आएको हो ।
SHARE YOUR THOUGHTS