डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ? « Eglish Khabarhub

डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ?


१३ पुस २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । डाउनटाउन हाउजिङले घर खरिदमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले आठौं रियल इस्टेट मेलालाई लक्षित गर्दै उक्त सुविधा ल्याएको हो ।

कम्पनी अध्यक्ष मीनमान श्रेष्ठले ललितपुरको धापाखेलमा निर्माण भइरहेको हाउजिङमा किस्ताबन्दी सुविधा ल्याएको बताए । किस्ताबन्दीमा हाउजिङ खरिद गर्न सक्ने यो पहिलो अभ्यास हो । हालसम्म नेपालमा हाउजिङ खरिदमा कम्पनीले नै किस्ताबन्दीको सुविधा दिएको छैन ।

श्रेष्ठका अनुसार आर्थिक संकुचनका कारण विभिन्न समस्या आएकाले कम्पनीले सहजीकरणका लागि किस्ता सुविधा ल्याएको हो । कम्पनीले धापाखेलमा १०२ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण गरिरहेको छ । उक्त क्षेत्रफलमा २ सयभन्दा बढी हाउजिङ बन्नेछन् ।

कम्पनीले हाउजिङ खरिदका लागि सुरुमा ४० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । त्यसबाहेक ६० प्रतिशत रकम किस्तामा हाउजिङ लिन सक्ने श्रेष्ठले बताए ।

‘४० प्रतिशत रकम भुक्तानी गरिसकेपछि कम्पनीले जग्गाधनीको नाममा उक्त प्रोपर्टी पास गर्दिन्छ,’ उनले क्लिकमान्डुसँग भने, ‘बाँकी रकम ३६ महिनादेखि ७२ महिनासम्म किस्तामा खरिद गर्न सक्नेछन् ।’

कम्पनीले किस्तामा कुनै ब्याज र बैंकिङ ह्यासल नहुने बताए । ‘नेपालमा किस्ताबन्दीको सुविधा हालसम्म कसैल पनि ल्याएको छैन,’ उनले भने, ‘कर्जा लिई ब्याजदर तिर्ने बेलामा १० प्रतिशत, १५ प्रतिशत पुग्यो भन्नै पर्दैन ।’

कम्पनीले मेला समयअवधि उक्त सुविधा ल्याएको हो ।नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि सुरु भएको १५ गतेसम्म चल्नेछ ।

श्रेष्ठका अनुसार कम्पनीले ल्याएको सुविधाले सर्वसाधारणलाई सहज हुनेछ । कम्पनीले बिनाधितो किस्ताबन्दीको सुविधा दिनेछ । कम्पनीले तोकेको मासिक किस्ताबन्दी ३ हिनासम्म असुल भएन भने खरिद गरेको हाउजिङ रकम फिर्ता गर्ने गरी रद्द गर्ने उनको भनाइ छ ।

कम्पनीले ८ महिनाअघिबाट आयोजना सुरु गरेको थियो । हालसम्ममा ४० वटा हाउजिङ बनाइसकेको छ । साथै, हाउजिङको निर्माण कार्य तीब्र गतिमा अगाडि बढेको उनले बताए ।

‘अहिले बैंकहरु व्यवसायी देखेर डराउने र व्यवसायीहरु बैंक देखेर डराउने अवस्था छ, श्रेष्ठले भने, ुयस्तो अवस्थामा सहजीकरणका लागि हामीले यो स्किम ल्याएका हौं ।’

उनकाअनुसार यदि कुनै खरिदकर्ताले मासिक २ लाख रुपैयाँ मासिक किस्ताबन्दी तिर्न सक्ने क्षमता छ भने कम्पनीले ३६ महिनाको सुविधा दिनेछ । त्यसमा हाउजिङको मूल्य हेरेर मूल्य तय गर्ने र ४० प्रतिशत रकम भुक्तानी भएको दुई वर्षमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने उनले बताए ।

त्यसैगरी, कम्पनीले मेलामा बुकिङ गर्ने खरिदकर्तालाई २२ प्रतिशतसम्म छुटको सुविधा ल्याएको छ । कम्पनीले दुई आना दुई पैसादेखि १० आनासम्मको हाउजिङ निर्माण गर्नेछ । कम्पनीले मध्यम वर्गलाई लक्षित गरेर हाउजिङ निर्माण गरिरहेको बताए ।

कम्पनीले साढे दुई तल्लाको निर्माण गर्नेछ । त्यसमा चार कोठा, चारवटा बाथरुम, एउटा भान्साको सुविधा हुनेछ । कम्पनीले फर्निसिङको सम्पूर्ण काम गर्नेछ भने लुज फर्निचरको घरधनी आफैंले खरिद गर्नुपर्नेछ ।

कम्पनीसँग २ करोड २६ लाख रुपैयाँको सुरुवाती मूल्य राखेको छ भने अधिकतम मूल्य ३ करोड ९ लाख रुपैयाँ तोकेको छ । ३ करोड ९ लाख रुपैयाँको हाउजिङ ४ आनामा निर्माण हुनेछ ।

हाउजिङमा पानी, बिजुली, ढल निकाससहित खुल्ला स्थानको व्यवस्था हुनेछ । कम्पनीले करिब ५ अर्ब लागतमा निर्माण गरिरहेको छ । त्यसैगरी, जग्गा खरिद गरेर पछि हाउजिङ बनाउनेका लागि पनि उक्त सुविधा रहेको उल्लेख गरे । कम्पनीले जग्गाको प्रतिआना मूल्य ४२ लाख ९० हजार रुपैयाँ तोकेको छ । जग्गा खरिदमा ५० प्रतिशत किस्ताबन्दी ५० प्रतिशत भुक्तानी गर्नुपर्ने सुविधा ल्याएको छ । हालसम्ममा १५ प्रतिशत भौतिक कार्य सम्पन्न गरिसकेको छ ।

किस्ता मासिक कति तिर्नुपर्छ ?

कम्पनीले किस्ताबन्दीको सुविधामा हाउजिङको प्रकारअनुसार छुट्टाछुट्टै तोकेको छ । कम्पनीले चार प्रकारका ४ प्रकारका घर निर्माण गर्नेछ । कम्पनीअनुसार टाइप ‘एफ’ हाउजिङको मूल्य २ करोड ९५ लाख रुपैयाँदेखि ४ करोड ११ लाख रुपैयाँ तोकेको छ । त्यसमा ४ आना ६ पैसामा निर्माण भएको घरको मूल्य २ करोड ९५ लाख रुपैयाँ तोकेको छ । जसमा खरिद र्गा इच्छुक ग्राहकले ४० प्रतिशत अर्थात् १ करोड १८ लाख रुपैयाँ रकम तिरेर बुकिङ गर्न सक्नेछन् । त्यसमा मासिक ४ लाख ९३ हजार किस्ता तिर्नुपर्नेछ ।

कम्पनीले ‘एफ’ टाइपको हाउजिङ ४ आनादेखि ६ आना ७५ पैसासम्म निर्माण गर्नेछ । ६ आना ७५ पैसाको हाउजिङको मूल्य ४ करोड ११ लाख रुपैयाँ छ । खरिदकर्ताले सुरुमा १ करोड ६४ लाख डाउनपेमेन्ट गर्नुपर्नेछ भने मासिक ६ लाख ८५ हजार किस्ता तिर्नुपर्नेछ ।

टाइप ‘आइएस’ हाउजिङ ३ आना २४ पैसादेखि ६ आना ७९ पैसासम्म बन्नेछ । उक्त घरको मूल्य न्यूनतम २ करोड ५१ लाख रुपैयाँ र अधिकतम ४ करोड ३ लाख रुपैयाँ तोकेको छ । जसमा कम्पनीले ४ लाखदेखि ६ लाख ७३ हजारसम्म किस्ता तिरेर खरिद गर्न सक्ने सुविधा ल्याएको छ ।

टाइप ‘एम’ हाउजिङ ३ आना ३६ पैसादेखि ४ आना ९७ पैसासम्म बन्नेछ । उक्त घरहरुको न्यूनतम मूल्य २ करोड ४१ लाख रुपैयाँदेखि ३ करोड १४ लाख रुपैयाँसम्म तोकेको छ । जसमा ४ लाखदेखि ५ लाख २४ हजार रुपैयाँसम्म किस्ताको सुविधा दिएको छ ।

साथै, कम्पनीले टाइप ‘सी’ हाउजिङ ३ आना ८ पैसादेखि ६ आना ८९ पैसासम्मको निर्माण गर्नेछ । उक्त घरहरुको मूल्य न्यूनतम २ करोड २६ लाख रुपैयाँदेखि अधिकतम ३ करोड ८९ लाख रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३६ महिनाको किस्ता सुविधामा ३ लाख ७६ हजार रुपैयाँदेखि ६ लाख ४९ हजार रुपैयाँसम्म तोकेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  ८ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping