कोरियामा रोजगारी विवादको आक्रोस, रिसाएका युवाले किन जलाए मन्त्रीको गाडी ? « Eglish Khabarhub

कोरियामा रोजगारी विवादको आक्रोस, रिसाएका युवाले किन जलाए मन्त्रीको गाडी ?


१४ पुस २०८०, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलखका सुजन रावत र डोटीको वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८७१ नम्बरको गाडीमा उनीहरुले आगजनी गरेका थिए ।

युवाहरुले प्रदर्शन गर्नुको मुख्य कारण उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउनु हो । नेपाली युवाहरुको वैदेशिक रोजगारीमा निकै आकर्षक बनेको गन्तव्य दक्षिण कोरियाले विभिन्न चरणमा भाषा परीक्षाको आवेदन खुलाई हरेक वर्ष हजारौंको संख्यामा रोजगारी दिँदै आएको छ ।

त्यस्तै, कोरिया सरकारले पहिलो पटक पानीजहाज क्षेत्रतर्फको कोरियन भाषा परीक्षाको लागि आवेदन खुलाएको थियो । सरकारले यसअघि उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रमा लैजाने गरेको थियो । कोरिया सरकारले कामको क्षेत्र बढाउँदै गत साउन २० देखि २४ गतेसम्म आवेदन माग गरेको हो । नेपाल सरकारसँग भएका सम्झौताअनुसार सीप बिल्डिङमा आवेदन माग गरी असोज १ गते भाषा परीक्षा सञ्चालन गरेको थियो ।

उक्त भाषा परीक्षाका लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२ हजार ५०७ जना परीक्षामा सहभागी भएका थिए । परीक्षा दिएकामध्ये ४ हजार ९८ जना परीक्षार्थीहरु पास भएका थिए । साथै, दोस्रो चरणको परीक्षामा ३ हजार ९८९ जना पास भएका छन् ।

त्यसैगरी, सरकारले हालै उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार कामदारका लागि आवेदन खुला गरेको थियो । सरकारले गत मंसिर १९ गते सूचना प्रकाशित गर्दै उत्पादनमूलक क्षेत्रमा आवेदन माग गरेको हो ।

उक्त आवेदन माग भएसँगै सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीहरुले आन्दोलन सुरु गरेका थिए । जबकी नेपाल सरकारले गत साउनमा नै सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीहरुले सन् २०२३ काे लागि जुनसुकै क्षेत्रको परीक्षाका लागि आवेदन भरेका व्यक्तिहरुले पुनः अर्को क्षेत्रको भाषा परीक्षाको लागि आवेदन खुलेमा सो क्षेत्रमा आवेदन दिन नपाउने स्पष्ट उल्लेख गरेको थियो ।

‘एचआरडी सर्भिस अफ कोरियाको ३१ जुलाई २०२३ को पत्रअनुसार एउटै वर्षमा फरक–फरक क्षेत्रको लागि आवेदन गर्न नपाउने व्यहोरा उल्लेख भई आएकाले सन् २०२३ मा जुनसुकै क्षेत्रको परीक्षाको लागि आवेदन गरेका व्यक्तिहरुले सन् २०२३ मै पुनः अर्को क्षेत्रको भाषा परीक्षाको लागि आवेदन खुलेमा सो क्षेत्रमा आवेदन गर्न पाउने छैन,’ जारी सूचनामा उल्लेख थियो ।

सरकारले गत साउनमा सीप बिल्डिङको आवेदनअघि नै सूचना जारी गरेपनि परीक्षार्थीहरुले उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न पाउनुपर्छ भन्दै गत मंसिर २० गतेबाट आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनकारीहरुले उच्च अदालत पाटनमा उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै रिट दायर गरेका थिए ।

सरकारले पुस २ देखि ६ गतेसम्मका लागि आवेदनको समय तोकेको हुनाले त्यसबेलासम्म कुनै निर्णय हुन सकेको थिएन । त्यस्तै, आवेदन दिन नपाएपछि अनुत्तीर्ण परीक्षार्थीहरुले पुस २ गते पनिआन्दोलन गरेका थिए । अनुत्तीर्ण परीक्षार्थीहरुले आन्दोलन गरेपछि इपीएस शाखा कार्यालयले सीप बिल्डिङको आवेदकहरुलाई छुट्टै समय दिई खुला गर्ने भनिएको थियो ।

इपीएस कार्यालयका शाखा प्रमुख गुरुदत्त सुवेदीले उत्पादनमूलक क्षेत्रमा हालसम्मकै उच्च आवेदन परेको बताउँदै सीप बिल्डिङको लागि छुट्टै व्यवस्था हुने बताएका थिए । उत्पादनमूलक क्षेत्रमा १ लाख ४५ हजार आवेदन परेका थिए । उनकाअनुसार सीप बिल्डिङको लागि आवेदन दिने तयारी भइरहेको हुँदा उत्पादनमूलक क्षेत्रमा १ लाख ७५ हजार बढीको आवेदन पर्नेछ ।

तर, उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै सुरज पाठकसमेत १८ जनाले मात्रै आवेदन दिन पाउने भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अदालतले अन्तरिम आदेश माग गरेकाहरूकाे कममा मात्रै आवेदन दिन पाउने व्यवस्था गरेकाे थियाे ।

अन्तरिम आदेशमा कोरियन पानी जहाजको कामदार र उत्पादनमूलक कामदार छनाेट गर्ने प्रयोजनका लागि सञ्चालन हुने कोरियन भाषा परीक्षाको लागि आवेदन दिन निवेदकहरुलाई कुनै प्रतिबन्ध लगाएको नदेखिएको र सोहीबमोजिम भाषा परीक्षाको लागि आवेदन दिन आदेशमा उल्लेख छ ।

साथै, निवेदकहरुलाई आवेदन फाराम नै भर्नबाट बञ्चित गर्न मनासिव नहुँदा निवेदकहरुका लागि आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरुलाई आवेदन फाराम भर्न दिनु भनी आदेश जारी गरेको थियो । तर, उक्त आदेशमा भने १८ जनाले मात्रै आवेदन दिन पाउने गरी आदेश जारी भएकाे थियाे । साे आदेशपछि परीक्षार्थीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

शाखा कार्यालयले पुस ११ गते सूचना प्रकाशित गर्दै १८ जनाका लागि आवेदन माग गर्याे । १८ जना निवेदकहरुले आज आवेदन दिएर फर्केको कार्यालयले जनाएको छ । यी बाहेक अन्य परीक्षार्थीहरुले फाराम भर्न नपाएपछि आज ग्वार्काेमा आन्दोलन गरेका हुन् ।

आन्दोलनमा दुई जनाले ज्यान गुमाइसकेका छन् । दिनभरी ग्वार्काे क्षेत्र तनावग्रस्त भएसँगै उच्च अदालत पाटनले फाराम भर्न पाउने आदेश जारी गरेको छ ।

‘निवेदकहरुलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदनहरुलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरु लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाइ उल्लेखित मिति २०८०/८/१९ को सूचना बमोजिम ९/२ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फारम भर्न दिनु दिलाउनु भनि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ’ आदेशमा भनिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार ००:००  ५ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping