कयाल ग्रुपका ४ कम्पनीले गरे १९ अर्बको व्यापार, कुन कम्पनीको कति ? « Eglish Khabarhub

कयाल ग्रुपका ४ कम्पनीले गरे १९ अर्बको व्यापार, कुन कम्पनीको कति ?


१६ चैत्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कयाल ग्रुप अफ कम्पनीजको चार वटा कम्पनीले १९ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपको नारायणी रोलिङ मिल्स प्रालि, नारायणी स्टिल प्रालि, नारायणी इस्पात प्रालि र नारायणी स्ट्रिप्स प्रालिले सन् २०२३ मा १८ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

 कयाल ग्रप अफ कम्पनीजले विगत तीन दशकदेखि निर्माण सामग्री उत्पादन गर्दै आएको छ । ग्रपले विशेषगरी स्टिलका सामग्री उत्पादन गर्दै आएको छ ।  सत्यनारायण कयाल अध्यक्ष रहेको ग्रुपले ३० वर्षदेखि निर्माण सामग्रीको उत्पादन र व्यापार गर्दै आएको छ ।

कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा कुनै कम्पनीको व्यापार बढेको छ भने कुनै कम्पनीको व्यापार घटेको छ । कम्पनीले उक्त कम्पनीहरुको रेटिङ गराएर दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब १४ करोड ३ लाख रुपैयाँको रेटिङ गरेको छ।

ग्रुपको नारायणी रेलिङ मिल्सले १ अर्ब ७५ करोड रुपैयाँ, नारायणी स्टिलले १ अर्ब २८ करोड ६ लाख रुपैयाँ, नारायणी स्पातले ७ अर्ब १९ करोड  ६ लाख रुपैयाँ र नारायणी स्ट्रिप्सले ४ अर्ब ९१ करोड ९१ लाख रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

केयाल ग्रुप वीरगन्जमा रहेको पारिवारिक व्यवसाय हो। ग्रुपका अधिकांश उत्पादन सरोकार वीरगन्ज र वरपरका छन्। समूहको व्यावसायिक सुरुवात सय वर्षभन्दा पुरानो हो। ग्रुपका अध्यक्ष सत्यनारायण केयालका हजुरबुबा गौरीशंकर केयालले व्यवसाय सुरु गरेका थिए। पहिला गजानन्द बालमुकुन्द नामक सानो कपडा व्यापार थियो।

कुन कम्पनीले कति गर्यो व्यापार ?

नारायणी स्पात प्रालि: सन् २००९ मा स्थापना भएको नारायणी स्पात प्रालिको व्यापार १ अर्ब २७ करोड ६० लाख रुपैयाँले बढी कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ५६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२१ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०१८ देखि टीएमटी बार (डण्डी) र अन्य विभिन्न स्टिलजन्य सामग्री उत्पादन गरी व्यापार गर्दै आएको छ । वार्षिक ३ लाख २२ हजार मेट्रिकटन टीएमटी बार एमएस राउन्ड उत्पादन गर्न सक्ने क्षमता छ ।

कम्पनीअनुसार सन् २०२३ मा १ लाख १५ हजार ५१९ मेट्रिक टन डण्डी बिक्री गरेको थो । जसमा सन् २०२२ को तुलनामा सन् २०२३ मा ९.२५ प्रतिशतले बढी बिक्री भएको उल्लेख छ । सन् २०२३ मा व्यापार बढेपनि नाफा भने घटेको छ । सन् २०२२ मा १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२३ मा ३ करोड ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले व्यापार गरेकोमध्ये बजारबाट अझै १८ करोड ६० लाख रुपैयाँ उठ्न बाँकी रहेको जनाएको छ । सन् २०२२ मा २४ करोड  ७० लाख रुपैयाँ उठ्न बाँकी रहेको थियो । कम्पनीले नारायणी स्टिल ब्राण्डमा उत्पादन डण्डीको बिक्री वितरण गर्दै आएको छ ।  कम्पनीको देशभर १५ वटा शाखा र १२९ स्थानमा वितरक छन् ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५ करोड ४५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब १३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष विकेशकुमार कयाल  हुन् ।  

नारायणी स्ट्रिप्स प्रालि: नारायणी स्ट्रिप्सको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा  करिब ३० करोड रुपैयाँले कम व्यापार गरेको छ । कम्पनीले सन् २०२मा ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२१ मा ४ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा सन् ८.३६ प्रतिशतले घटेको छ । जसमा सन् २०२३ मा  २३ हजार ७३६ मेट्रिक टन बिक्री गरेको छ । सन् २०२२ मा २५ हजार १९४ मेट्रिक टन बिक्री गरेको थियो ।  त्यसैगरी कम्पनीको नाफा भने ऋणात्मक देखिएको छ । सन् २०२२ मा ७ करोड २० लाख रुपैया नाफा कमाएको कम्पनीले सन् २०२३ मा २४ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

कम्पनीको अध्यक्ष सत्यनारायण केयल हुन् भने निर्देशक विकासकुमार केयल हुन् । कम्पनीले एचआर, सीआर र स्टेनलेस स्टिल पाइप, सीआर सीट, करुगेटेट र प्लेन सिट र अन्य सामग्री उत्पादन गर्दै आएको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१६ देखि पाइप, सिट, स्लिट, रिज, चेक्वयर प्लेट उत्पादन गरी व्यापार गर्दै आएको छ । वार्षिक ४ लाख २२ हजार ४ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १५ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

नारायणी रोलिङ मिल्स प्रालि: नारायणी रोलिङ मिल्सले सन् २०२३ मा २ अर्ब ८० करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ। कम्पनीले सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।  

कम्पनीको व्यापार सन् २०२३ मा १९ प्रतिशतले घटेको छ । त्यस्तै कम्पनीको खुद नाफा पनि घटेको छ । सन् २०२२ मा ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो भने सन् २०२३ मा ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सन् १९९५ देखि  टीएमटी बार, एंगल्स र अन्य सम्बद्ध सामग्री उत्पादन गर्दै आएको छ । वार्षिक  ४८ हजार ३ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको अध्यक्ष सत्यनारायण केयल हुन् भने अनुज केयल निर्देशक हुन् ।

नारायणी स्टिल प्रालि: नारायणी स्टिलको व्यापार  ३३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३३ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२३ मा २ अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १७ करोड २५६ मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री गरेको छ । सन् २०२२ मा १३ हजार ९७० मेट्रिक टन स्टलजन्य सामग्री बिक्री गरेको थियो । त्यस्तै सन् २०२३ मा ५.९४ प्रतिशतले नाफा कमाएको छ ।

 सन् २००४  मा स्थापना भएको कम्पनीले वायर, नेल्स  र अन्य स्टिल सम्बद्ध सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०१८ बाट मात्रै व्यवसायिक कारोबार सुरु गरेको थियो ।

वार्षिक ६५ हजार मेट्रिक टन क्षमता भएको  कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ००:००  ७ : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping