अन्नपूर्ण होटलमा उमेश श्रेष्ठ र मिनबहादुर गुरुङले ८ अर्ब लगानी गर्ने « Eglish Khabarhub

अन्नपूर्ण होटलमा उमेश श्रेष्ठ र मिनबहादुर गुरुङले ८ अर्ब लगानी गर्ने


६ बैशाख २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स स्कुलका सञ्चालकसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठको समूहले ८ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

दरबारमार्गमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको होटल डेला अन्नपूर्ण ३५ वर्षको लागि भाडामा लिएका श्रेष्ठ र गुरुङले ८ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन्।

‘श्रेष्ठ र गुरुङको समूहले ८ अर्ब रुपैयाँ लगानी गर्ने समझदारी भएको छ,’ होटलका कार्यकारी निर्देशक सिर्जना राणा निकट स्रोतले क्लिकमान्डुसँग भन्यो ।

आफूहरुले होटल ३५ वर्षको लागि भाडामा लिने सहमति भएको श्रेष्ठले जानकारी दिए ।

तीनवर्षभित्रै निर्माणको काम सम्पन्न गर्ने र रुम क्षमता विस्तार गरेर ४०० पुर्याउने योजनासहित नयाँ समूह प्रवेश गरेको हो । होटलसँगै सपिङ मल पनि राखिने भएको छ ।

यो लगानीमध्ये होटलमा भित्रिएका विकास साझेदारले ३० प्रतिशतमात्रै लगानी गर्ने र बाँकी ७० प्रतिशत अन्नपूर्णको हालकै व्यवस्थापन समूहले गर्ने होटल अन्नपूर्णकी कार्यकारी निर्देशक राणाले बताइन् । उनले सम्पूर्ण होटलको प्रोजेक्ट ३५ वर्षको लागि भाडामा लिने सहमति भएपनि तत्कालका लागि साझेदारले गर्ने लगानी भनेको ३० प्रतिशतमात्रै हो

बैंकको करिब डेढ अर्ब रुपैयाँ कर्जा तिर्न होटलको जग्गा बेच्न खोजिएको थियो । तर, जग्गा बिक्री नभएपछि र होटलसमेत बन्द भएका कारण ऋण चुक्ता गर्न सकिरहेको छैन ।

ऋणको ट्र्यापमा परेको होटलका सञ्चालक नयाँ समूहको प्रवेशसँगै ऋणमुक्त हुने भएका छन् ।

अन्नपूर्ण होटल परिसरको ६ रोपनी जग्गा यसअघि नै बिक्री गरेर बैंकको ऋण तिर्ने तयारी होटलका सञ्चालहरुले गरेको थिए । होटल परिसरको जग्गा किन्न हिमालयन रिइन्स्योरेन्स तयारसमेत भइसकेपछि हदबन्दी र स्वामित्व विवादका कारण जग्गा बिक्री हुन सकेको थिएन । यो होटलले ४२ रोपनी जग्गा ओगटेको छ ।

कोरोना महामारीपछि बन्द भएको १५३ कोठाको यो पाँचतारे होटल त्यसपछि सञ्चालन हुन सकेको छैन । होटलमा ३० वटा कोठा चालु अवस्थामा राखेर होटल परिसरमा क्यासिनो भने सञ्चालन भइरहेको छ । यो होटलमा कोरोना अगाडिसम्म साढे ३०० कामदार थिए । कोरोनापछि होटल बन्द गरेर व्यवस्थापनले मजदुरलाई घर पठाएको छ भने होटल सञ्चालनको टुंगो पनि लागेको थिएन ।

कोरोना महामारी अगाडि यो होटलले सन् २०१९ मा ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१८ मा भने यो होटलको सञ्चालन आम्दानी ९८ करोड रुपैयाँको थियो । यो होटलले पोखराको फिस्टेल लज र चितवमा अन्नपूर्ण जगतपुर लजसमेत सञ्चालन गरेको छ । यसको पोखराको फिस्टेजल लज भने सञ्चालनमै छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार ००:००  ११ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping