दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक « Eglish Khabarhub

दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक


११ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टाइल र वर्ल्डलिंकको समय सकिएको छ ।

मर्कन्टाइलको चैत ७ मा र वर्ल्डलिंकको चैत १६ गतेदेखि दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स सकिएको हो ।

नेपाल दूरसञ्चार ऐन २०५३ ले २५ वर्षको लागि मात्रै दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स दिने व्यवस्था गरेको छ भने त्यसपछि के गर्ने भन्ने स्पष्ट कानुन आधार नहुँदा सेवाप्रदायक विना लाइसेन्स चलेका छन् । यी दुबै सेवाप्रदायकले इजाजतपत्र सकिनु अगाडि नै नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष निवदेन भने दिइसकेका छन् ।

वर्ल्डलिंकले कानुनअनुसार तीन महिना अगाडि नै इजाजतपत्रको अनुमति नवीकरण गर्न दिनुपर्ने भए पनि १ वर्ष अगाडि नै निवेदन दिएर बेला बेलामा सम्झाउने काम पनि गरिहेको बताएको छ । यो कम्पनीको विषयमा सरकार जानकार भएकोले सरकारले गर्ने निर्णय कानुनी गाँठो फुकाउने काम सरकारकै भएको पनि वर्ल्डलिंकका एक उच्च अधिकारीले बताए ।

वर्ल्डलिंकको बक्यौता विवाद भने सकिएको छैन । यो कम्पनीले दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी रोयल्टी रकम करिब डेढ अर्ब रुपैयाँ छ । यो रकम तिर्न नमानेर वर्ल्डलिंक अदालत गएको छ । सर्वोच्च अदालतले वर्ल्डलिंकलाई दिएको अन्तरिम आदेशका भरमा यो कम्पनी चलिहरको छ । अदालतको आदेशका कारण वर्ल्डलिंकले तिर्नुपर्ने रोयल्टी उठाउन नसकिएको दूरसञ्चार प्राधिकरणको भनाइ छ । मर्कन्टाइलले पनि करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेकोले प्राधिरकणले बक्यौता तिरेर मात्रै नवीकरण गर्न आउन आग्रह गरेको छ ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार एक साता अगाडि इजाजत सकिएका दुइवटै र अवधि पुग्न लागेको नेपाल टेलिकमको विषयमा प्राधिकरणले निर्णय गरेर सरकारलाई जानकारी दिइसकेको छ । प्राधिकारणका अनुसार कानुनले २५ वर्षे अवधिसम्मको लागि मात्रै दूरसञ्चार कम्पनीको लाइसेन्स बहाल रहने व्यवस्था गरेको छ । त्यसपछि कम्पनी सरकारको हुने कि, खारजे हुने वा सम्बन्धित कम्पनीले नै नियममित सेवा दिने भन्ने विषयमा कानुनी स्पष्टता नभएको प्राधिकरणका प्रवक्ता पौडेलको भनाइ छ ।

सरकारले कानुनी आधार स्पष्ट नपारेसम्म दूरसञ्चार सेवा प्रदायकको हकमा प्राधिरकणले मात्रै निर्णय गर्न सक्दैन । प्राधिकरणले सरकारले दिएको ऐन नियम, कानुनभित्र बसेर काम गर्ने भएकोले यसको जानकारी सञ्चार मन्त्रालय हुँदै सरकारलाई पठाएकोले जिम्मेवारी आफूबाट पन्छिइसकेको दाबी प्राधिकरणका प्रवक्ता पौडेलको छ ।

आगामी २८ वैशाखबाट लाइसेन्स अवधि सकिन लागेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को विषयमा पनि कसरी पछिल्लो ५ वर्षको नवीकरण शुल्क लिने र अब कसरी जाने भन्ने विषयमा नीतिगत स्पष्ट गरिदिन आग्रह गरेको पनि उनले बताए ।

सरकारले बेलैमा निर्णय नगर्दा सेवाप्रदायकलाई अन्यौलता सिर्जना भएकोले यसको क्षतिपूर्ति सरकारले नै दिनुपर्ने कर्पोरेट अधिवक्ता रमन कर्णले बताए । उनका अनुसार सरकारले बेलैमा निर्णय नगर्दा सेवाप्रदायकलाई मार पर्न सक्छ । यो विषयमा क्षतिपूर्ति दाबी सरकारबाट माग्नुपर्ने हुन्छ ।

अदालतमा मुद्दा विचाराधिनको हकमा भने जे जस्तो व्यवस्था छ त्यसैमा चलिरहन दिनुपर्ने उनी बताउँछन् । सरकारलाई तिर्नुपर्ने रोयल्टीको विषयमा चित्त नबुझाएको वर्ल्डलिंकले सर्वोच अदालतमा रिट दिएको छ । अदालतले वर्ल्डलिंकलाई अन्तरिक आदेश दिएको कारण यसले न सरकारी रोयल्टी तिरेको छ नत इजाजतपत्र नवीकरण नै गराउन सकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार ००:००  ४ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping