विपद् र दशैंले गर्दा विमानहरुको भाडा बढेको होइन: मनोज कार्की (भिडियो अन्तर्वार्ता) « Eglish Khabarhub

विपद् र दशैंले गर्दा विमानहरुको भाडा बढेको होइन: मनोज कार्की (भिडियो अन्तर्वार्ता)

'६ वर्षदेखि हवाई भाडा बढेको छैन'


१३ आश्विन २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । केही दिनको अविरल वर्षाका कारण स्थलमार्ग अवरोध भएपछि लामो यात्राको लागि एक मात्रै भरपर्दो माध्यम हवाई यातायात हो ।

पछिल्लो तीन दिनको वर्षापछि आइतबार मौसम खुलेपछि हवाई सेवामा चाप बढेको छ । वायुसेवा कम्पनीहरुले यात्रुको चाप बढेको, विपद्को समयमा अनिवार्य यात्रा गनुपर्नेदेखि बाध्यात्मक उडान भएका यात्रुसम्मको सेवाका नामम बढी भाडा लिएको गुनासो आइरहेको छ ।

यस्तो गुनासो हरेक पटक राजमार्ग अवरुद्ध हुँदा त्यसको विकल्पमा प्रयोग हुने विमानहरुको हकमा र दशैंको समयमा हुने यात्राको बेला आउने गरेको छ ।

यात्रुले गरेको गुनासोको विषयमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा समिट एवं फिस्टेल एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘वायुसेवा कम्पनीहरुले सरकारले नै तोकेको भाडा लिने गरेका छन् । पछिल्लो ६ वर्षदेखि भाडा नबढेकोले सरकारले तोकेकोभन्दा बढी भाडा कहिल्यै लिइएको छैन ।’

सीमित सीटको माग धेरै हुँदा सरकारले तोकेको सीमाभित्र रहेर भाडा लिने गरेको उनको भनाइ छ ।

धेरैजसो टिकट त प्रविधिको विकासँगै अनलाइनबाट नै काटिन्छ । उडान हुने समयभन्दा अगाडि आइपुग्ने केही सीमित सिट हुन्छ । त्यो सिटको भाडा धेरै डिमाण्ड भएकोले सरकारले तोकेको सीमाभित्र रहेर लिने गरिएको छ । यस्तो भाडादर पछिल्ला केही सिटमा महँगो परेको भए पनि अधिकांश टिकेट भने किफायतिमै दिइएको हुन्छ ।’

दशैंकको बेलामा भने एकतर्फी यात्रु मात्रै हुने भएकोले सामान्य समयको तुलनामा तल्लो सीमाभन्दा माथितिरकै सीमामा गएर यात्रुले टिकेटको शुल्क तिर्ने गरेको पनि कार्कीले बताए ।

दशैंमा आउने थप चापलाई बढाउन हवाई उडानको संख्या पनि बढेको हुने र यो बेला पनि सरकारले तोकेभन्दा बढी माथि हवाई भाडा लिने नगरिएको उनको भनाइ छ । ‘दशैंको टिकाको दिन काठमाडौं बाहिर मात्रै जाने चाप हुन्छ भने टिकाको दिनबाट काठमाडौं आउनेको मात्रै चाप पर्ने भएकोले यो बेलामा एकतर्फी यात्रुले दुईतर्फी नै सेवा धान्नुपर्ने अवस्था हुन्छ,’ उनले भने ।

भाडा निर्धारण गर्दा ७० प्रतिशत अकुपेन्सी न्यूनतम हुने आधार लिइएको हुने पनि कार्कीले बताए । सीमाभन्दा कम हुँदा सञ्चालन खर्च नउठ्ने भएकोले पनि दशैंको समयमा एकतर्फी मात्रै यात्रु हुने भएकोले माथिल्लो सीमातर्फ गएर भाडा लिइएको हुन सक्ने उनी बताउँछन् ।

एकातर्फी यात्रु हुँदा वायुेवा कम्पनीलाई नाफा नहुने उनले बताए । कार्कीकाअनुसार पछिल्लो ६ वर्षदेखि हवाई भाडा बढेको छैन। इन्धनको मूल्यमा भएको घटबढले बढेको भाडा वायुसेवाले पाउने भाडा नभइ त्यो लागत मात्रै भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार ००:००  २ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping