![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Nepal-police3.png)
पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गरिँदै छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Nepal-police.png)
सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन प्रहरीले कास्की ल्याएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Nepal-police4.png)
लामिछानेलाई प्रहरीले अदालत पेस गर्ने तयारी गरिरहँदा पोखराको मुख्य चोकमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/Nepal-police2.png)
तर जिल्ला प्रहरी कार्यालयअघि भने सुनसान छ। शनिबार दिउँसो रास्वपा समर्थकले लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेका थिए भने आज पनि मध्याह्न १२ बजेबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको रास्वपाका नेताहरुको भनाइ छ ।
तस्बिर/भिडियो: युवराज भट्टराई
प्रतिक्रिया