सहकारी ठगीमा सभापति पक्राउ परेपछि रास्वपा कार्यकर्ताको नाराबाजी: सहकारी पीडितलाई न्याय दे ! « Eglish Khabarhub

पोखरा 'ग्राउण्ड जिरो'

सहकारी ठगीमा सभापति पक्राउ परेपछि रास्वपा कार्यकर्ताको नाराबाजी: सहकारी पीडितलाई न्याय दे !


४ कार्तिक २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।

शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले कास्की लगेको हो ।

कास्की प्रहरीमा सूर्यदर्शन सहकारी पीडितले दिएको पुरक जाहेरीपछि लामिछानेलाई पोखरा लगिएको हो ।

उनलाई प्रहरीले म्याद थपका लागि अदालत पेस गर्दै छ । त्यसअघि रास्वपा नेता कार्यकर्ताले पोखराको सहिद चोकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले भ्रष्ट सरकार चाहिँदैन, भ्याट छल्नेहरुलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे, रवि दाइलाई रिहा गर्, प्रतिशोध साध्न पाइँदैन लगायतका नारा लगाइरहेका छन् ।

कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउने प्रयास गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट अपचल भएको रकम गोर्खा मिडिया नेटवर्कमा गएको र त्यसका लागि अध्यक्ष समेत रहेका सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, यसअघि पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी (गोर्खा मिडियाका सञ्चालक) र गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक तथा जिवी राईका व्यवसायीक साझेदार रवि लामिछानेको संलग्नता रहेको संसदीय समितिको निष्कर्ष छ ।

राई, छवी र रविले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा सूर्य दर्शनसहित पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको समितिको निष्कर्ष छ । त्यो रकम अपचलन भएको समितिले जनाएको छ । तर रास्वपा र रविका समर्थक भने सहकारीबाट लामिछानेले पैसा लिएको प्रमाण नभएपछि विभिन्न बाहनामा पार्टी सभापति रवि लामिछानेलाई फसाउन खोजेको आरोप लगाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

https://www.facebook.com/clickmandu/videos/889811413244970

तर प्रहरीले भने रविविरुद्ध संगठित अपराधमा मुद्दा अघि बढाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाउन आग्रह गरेर पत्र पठाएपछि रविलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  १२ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping