लक्ष्मीपूजाको दिन बिजुली माग जम्मा १६०२ मेगावाट, बढी भएको २५३ मेगावाट भारत निर्यात « Eglish Khabarhub

लक्ष्मीपूजाको दिन बिजुली माग जम्मा १६०२ मेगावाट, बढी भएको २५३ मेगावाट भारत निर्यात


१५ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लक्ष्मीपूजाको दिन विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १६०२ मेगावाट पुगेको छ ।

लक्ष्मी पूजाको दिन देशभर झिलिमिली बत्ति बाल्दा पनि जम्मा आन्तरिक पीक डिमाण्ड १६०२ मेगावाट पुगेको हो । तिहार झिलिमिली बत्तीको पर्व हो । झिलिमिलि बत्ती बालेर लक्ष्मी पूजा मनाउने चलन छ ।

लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार आन्तरिक रुपमा खपत भएर बढी भएको २५३ मेगावाट बिजुली भारत निर्यात भएको छ । ‘जम्मा १६०२ मेगावाट खपत भएको छ । हिजो नेपाल र बंगलादेशबीच फुटबल गेम हुँदा १८०० मेगावाट खपत भएको थियो,’ उनले भने, ‘हिजो नेपालभरी बाट नै लोड आएको थियो । उकपरणहरु चलेका थिए । सोही कारण खपत बढेको हो ।’ गत वर्ष करिब १६०० मेगावाट पीक डिमाण्ड थियो ।

अहिले कलंकीको स्युचाटारमा  लोड डिस्प्याच सेन्टरमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोली पुगेको छ । हरेक वर्षको लक्ष्मी पुजाको दिन कुलमान स्युचाटार पुगेर आफै लोड व्यवस्थापनमा खटिन्छन् ।

प्रबन्ध निर्देशक घिसिङले पहिलो कार्यकालमा लक्ष्मी पुजाकै दिन लोडसेडिङ हटाएर वाहावही पाएका हुन् ।

२०७३ सालको तिहारमा विद्युत प्राधिकरणले सबैलाई झिलिमिलि बत्ती बाल्न आग्रह गर्‍यो । अरु बेला गइरहने बिजुली उक्त दिन झ्याप झ्याप गएन । घिसिङले लक्ष्मी पुजाका दिन सबैभन्दा धेरै लोड हुने भन्दै लोडसेडिङ अन्त्यको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको थियो । लक्ष्मी पुजा नेपाल अध्यारोबाट उज्यालोतिर मोडिएको दिन हो । लक्ष्मी पुजामा साँझ र रातमा कुनै पनि घरमा बत्ति निभाइदैन ।

अहिले प्राविधिक समस्या आएर केहि स्थानमा बाहेक अरु सबै ठाउँमा झिलिमिल बत्ति बालिएको प्राधिकरणले जनाएको छ ।

पूराना वर्षहरुमा लक्ष्मी पुजाको दिन सबैभन्दा धेरै बिजुली खपत हुन्थ्यो । झिलिमिली बत्तिका कारण लोड ह्‍वात्तै बढ्थ्यो । अहिले भने परिस्थिति फरक भएको छ । अहिले लाइटिङ लोडभन्दा औद्योगिक लोड धेरै छ । पहिले बिजुली बत्ती बाल्नका लागि प्रयोग गरिन्थ्यो । अहिले औद्योगिक लोड धेरै छ । सोही कारण चाडपर्वहरुमा उद्योग बन्द हुँदा प्राधिकरणका अनुसार लोड घटेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ८ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping