पूर्वउपराष्ट्रपति, पूर्वसचिव लगायत उच्च पदस्थलाई ठगेको आनन्दनगर सहकारीमा महानगरले अनुगमन गर्दा के भेट्यो ? « Eglish Khabarhub

पूर्वउपराष्ट्रपति, पूर्वसचिव लगायत उच्च पदस्थलाई ठगेको आनन्दनगर सहकारीमा महानगरले अनुगमन गर्दा के भेट्यो ?


२३ कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले २०८० चैत २८ गतेदेखि ३० गतेसम्म आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो ।

काठमाडौं महानगरपालिका ४ धुम्बाराहीमा रहेको उक्त सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि विभागमा उजुरी परेको थियो । उजुरी बढेपछि विभागले अनुगमन गरेको जनाएको छ ।

सहकारीले ठगी गरेको भन्दै अहिले अदालतमा मुद्दा विचाराधीन रहेको छ । विभाग अनुगमनका ८२ सूचकमा केन्द्रित रहेको थियो । जसमा तीन दर्जनवटा सूचकको कुनै पनि विवरण नभेटिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले २०७६ फागुन १७ गते र २०७६ फागुन १९ गतेको तत्कालीन सञ्चालक समितिले बचतकर्ताको निक्षेप सुरक्षण गर्ने निर्णय गरी व्यवस्थापक लोकनाथ सापकोटाको चलअचल सम्पत्तिबाट बचत फिर्ता गर्ने भनेको थियो । तत्कालीन सञ्चालक पदाधिकारी, सदस्यहरु तथा एकाघरका परिवारका नाममा हक भोगमा रहेका सम्पूर्ण सम्पत्ति घोषणा स्वयं गरि रोक्का राखेको छ ।

सहकारीमा बचत फिर्ता सम्बन्धी समस्या आएदेखि विभिन्न चरणमा बचतकर्ता तथा तत्कालीन सञ्चालक बीच पटक पटक छलफलपछि सहमति बमोजिम बचत फिर्ता नभएपछि २०७६ फागुन २३ गते साधारणसभा गरी सभाले एक वर्षभित्रमा ३ किस्ता गरी बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

तत्कालीन सञ्चालक तथा एकाघरका परिवारको नाममा रहेको सम्पत्ति सहकारीको नाममा पारित गर्ने तथा एक वर्षभित्र बचत फिर्ता नगरेमा कानुनी प्रक्रियामा जान बचतकर्तालाई अधिकार सहितको निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम सहकारीका नाममा घरजग्गा दृष्टिबन्धक रहेको छ । त्यसपछि तत्कालीन अध्यक्षले संस्थाको नाममा पास गरेको घर बिक्री गरी सहकारी संस्थाले सहमति अनुसारको पहिलो किस्ता अन्तर्गत बचत रकमको १० प्रतिशत २०७७ असारदेखि फिर्ता गरेको थिए । तर, बचत फिर्ता गर्दा संचालक समितिले निणर्य गरी के कसलाई, के कति फिर्ता गरेको भन्ने उल्लेख छैन ।

संस्थाका तत्कालीन व्यवस्थापक लोकनाथ सापकोटाले सहकारीको रकम अपचलन गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको नयाँ संचालक समितिले विशेष साधारण सभाको निर्णय बमोजिम प्रक्रिया अगाडि बढाएपछि काठमाडौं जिल्ला अदालत र उच्च अदालतमा मुद्दा दर्ता भएको छ । साथै सञ्चालक, एकाघरका परिवार लगायतका व्यक्तिहरुको सम्पत्ति रोक्का रहेको छ ।

त्यस्तैगरी नयाँ सञ्चालक समितिको २०७८ साउन ५ गतेको निर्णयबमोजिम फरेन्सिक लेखापरीक्षण प्रतिवेदनमा आम्दानी र खर्च तथा बचत र ऋण सम्बन्धमा कैफियत भेटिएको पाइएको छ ।

आर्थिक वर्ष २०७३/७४ देखि आव २०७६/७७ सम्मको पुन लेखा परीक्षण गराएको भए पनि विभागबाट पूर्वस्वीकृति नलिएको साथै लेखा परीक्षक साधारण सभाबाट नियुक्त नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अनुगमन गर्दा सहकारी संस्था दर्ता प्रमाणपत्र उपलब्ध नभएको प्रतिवेदनमा जनाइएको छ ।

उक्त सहकारीबाट पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनाली, उद्योग विभागका केही पूर्वमहानिर्देशक, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लगायत उच्च पदस्थ व्यक्तिहरु ठगिएका छन् ।

सहकारीले १६ सयभन्दा बढी सेयर सदस्य तथा बचतकर्ताको करिब ५० करोड रुपैयाँ ठगी गरेको पाइएको छ । सहकारीले धितोले थाम्नेभन्दा बढी कर्जा लगानी गरेको, सञ्चालकले मनलाग्दी बचत अपचलन गरेका कारण संस्थाबाट बचतकर्ता ठगिएका छन् ।

सहकारीले पूर्वसचिव मैनाली तथा उनका परिवारको करिब साढे ३ करोड, पूर्वउपराष्ट्रपति झा र उनको परिवारको करिब २० लाख बचत ठगेको स्रोतको भनाइ छ ।

उक्त सहकारीका सञ्चालकहरूमा दीपु आचार्य, शम्भुराज आचार्य, केशवराज घिमिरे, प्रदीप शर्मा पौडेल, प्रदीप खड्का र नरेन्द्र कार्की रहेका छन् । उक्त सहकारीले बढी ब्याज दिने भन्दै पैसा उठाउने गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ००:००  ४ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping