४५ वर्षअघि २००० रुपैयाँ बोकेर काठमाडौं छिरेका उमेश, व्यवसायीबाट अर्बपति र मन्त्रीदेखि कांग्रेस कोषाध्यक्ष « Eglish Khabarhub

४५ वर्षअघि २००० रुपैयाँ बोकेर काठमाडौं छिरेका उमेश, व्यवसायीबाट अर्बपति र मन्त्रीदेखि कांग्रेस कोषाध्यक्ष


९ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा अर्बपति व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् । २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका श्रेष्ठ रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

केन्द्रीय कार्यसमितिका निर्वाचित श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले कांग्रसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो ।

व्यवसायीका रुपमा श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, कृषि र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ असार २९ गते मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । २०७८ असोज २२ गते श्रेष्ठको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री कार्यालयको राज्यमन्त्री बनाइएको थियो । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद समेत थिए ।

भोजपुरमा जन्मिएका श्रेष्ठ ४५ वर्षअघि काठमाडौं आएका थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बोकेर राजधानी छिरेका उनी हाल २०-२५ अर्ब रुपैयाँको मालिक बनेका छन् ।

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए ।

प्राइम बैंकको व्यक्तिगत तर्फका सबैभन्दा ठूलो सेयरधनी उमेश श्रेष्ठ हुन् । बैंकमा श्रेष्ठको २‍.४६ प्रतिशत सेयर स्वामित्व अर्थात ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व छ । आइतबार प्राइम बैंकको प्रतिकित्ता सेयर मूल्य २७० रुपैयाँ छ । यसका आधारमा श्रेष्ठसँग भएको सम्पतिको मूल्य १ अर्ब २८ करोड ८७ लाख ७६ हजार रुपैयाँ रहेको छ । वार्षिक १५ करोडभन्दा बढी रकमको प्रतिफल श्रेष्ठले लगानी गरेका संस्थामा प्राइम बैंकबाट पाउने अवस्था छ ।

श्रेष्ठले ललितपुरको लिटिल एञ्जल्ससँगै विभिन्न विद्यालय र कलेजमा पनि लगानी गरेका छन् । वार्षिक डेढ अर्ब रुपैयाँको कारोबार गर्ने लिटिल एञ्जल्ससँग सयौं रोपनी जग्गा छ, जसको भ्यालुएसन अर्बौंको छ । श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् भने धुलिखेलको हिमालयन दृश्य रिसोर्टमा पनि लगानी गरेका छन् । हालैत्र श्रेष्ठ र मिनबहादुर गुरुङले दरबारमार्गमा रहेको अन्नपूर्ण होटल पनि किनेका छन् ।

त्यसैगरी तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालिमा लगानी बिस्तार गरेका छन् भने पोखरामा होटल छ । त्यसबाहेक उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । जुम्लामा स्याउखेती देखि चितवनमा कृषि फार्म र कोल्डस्टोर पनि सुरु गरिरहेका छन् । सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्यका साथ रिन्यु होल्डिङ्स पनि श्रेष्ठले सञ्चालन गरिरहेका छन् । रिन्यु होल्डिङ्सले हालैमात्र भाटभटेनी सुपरमार्केटको छतबाट करिब १३ मेगावाट सौर्य उर्जा निकाल्ने सम्झौता गरिसकेको छ । हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् ।

महेन्द्र नारायाण निधी अस्पताल ट्रस्टीहरुको लगानीमा सञ्चालनमा आएको हो । जसमा १ हजार जना ट्रस्टी छन् भने उनीहरुले २ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लगानी गरेका छन् । उनको लगानीमा एकान्तकुनामा हेलोइस अस्पताल पनि छ । जुन अस्पताल उच्च आय भएका वर्गका लागि लक्षित छ । यी बाहेक पनि अन्य धेरै ठाउँमा उनको लगानी छ ।

अविवाहित श्रेष्ठले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना समेत बनाएका छन् । नेपाली कांग्रेसबाट अत्याधिक अवसर पाउने व्यवसायीका रुपमा श्रेष्ठ परिचित छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्तै निकट मानिन्छन् । पहिलो पुस्ताको व्यवसायी भएर पनि अर्बौंको साम्राज्य विस्तार गर्न सफल श्रेष्ठले राजनीति र व्यवसायलाई सँगसँगै अघि बढान सफल व्यक्ति हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ००:००  ७ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping