![](https://internal.appharu.com/wp-content/uploads/2024/12/462572719_1268238894508505_3551688622061358169_n.jpg)
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देलले कार्यभार सम्हालेका छन् । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/462558787_608991614807245_6509344008824087529_n.jpg)
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको हो । सोमबार सचिव सिग्देलले कार्यभार सम्हालेका हुन् । उनी जल तथा ऊर्जा आयोगको सचिवका रुपमा कार्यरत थिए ।
प्रतिक्रिया